back

बहराइन र नेपालको आर्थिक सम्बन्ध सुदृढ बन्दै

वि.सं.२०७५ पुस ३० सोमवार

498 

shares
GLOBAL IME AD
NTC AD

३० पुस, काठमाडौ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल र बहराइनबीचको आर्थिक र सांस्कृतिक कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास भइरहेको बताएका छन् ।

नेपाली राजदूतावास बहराइनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने काममा सहयोग गर्न त्यहाँ बसोवास गर्ने नेपाली समुदाय, सङ्घसंस्था र विभिन्न सङ्गठनसँग आग्रह गरे ।

राजदूत सुन्दासले स्थानीय कानून र संस्कृतिको सम्मान गर्दै व्यवसायिकताका साथ काम गर्न सम्पूर्ण सहभागीमा आह्वान गर्नुभएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार उक्त कार्यक्रममा नेपाली कामदारको हकहित प्रवद्र्धन गर्ने सिलसिलामा सम्पूर्ण बहराइनवासी नेपाली समुदायमा दूतावासबाट प्रदान गरिएको सेवा, सेवा प्राप्त गर्ने प्रक्रिया तथा स्थानीय श्रम कानूनका विविध पक्षका बारेमा जानकारी गराइएको थियो ।

सोही अवसरमा उप नियोग प्रमुख खगराज पाण्डेले आफ्नो सवस्थ्यको ख्याल गर्दै आर्जन गरिएको पारिश्रमिकको सही सदुपयोग गर्न र नेपाल एवं नेपालीको हित संरक्षण तथा प्रवद्र्धन गर्न अनुरोध गरे ।

कार्यक्रममा दूतावासबाट प्रदान गरिएका सेवा, नेपाली कामदारको मुख्य समस्या र समाधान गर्न दूतावासले गरेको पहल, मृत्यु र क्षतिपूर्ति सम्बन्धी अवस्था, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा एवं दुवै श्रम कानूनलगायतका विषयमा छलफल भएको थियो ।

वि.सं.२०७५ पुस ३० सोमवार १३:१९ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...