back
CTIZAN AD

बहराइन र नेपालको आर्थिक सम्बन्ध सुदृढ बन्दै

वि.सं.२०७५ पुस ३० सोमवार

837 

shares

३० पुस, काठमाडौ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल र बहराइनबीचको आर्थिक र सांस्कृतिक कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास भइरहेको बताएका छन् ।

नेपाली राजदूतावास बहराइनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने काममा सहयोग गर्न त्यहाँ बसोवास गर्ने नेपाली समुदाय, सङ्घसंस्था र विभिन्न सङ्गठनसँग आग्रह गरे ।

राजदूत सुन्दासले स्थानीय कानून र संस्कृतिको सम्मान गर्दै व्यवसायिकताका साथ काम गर्न सम्पूर्ण सहभागीमा आह्वान गर्नुभएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार उक्त कार्यक्रममा नेपाली कामदारको हकहित प्रवद्र्धन गर्ने सिलसिलामा सम्पूर्ण बहराइनवासी नेपाली समुदायमा दूतावासबाट प्रदान गरिएको सेवा, सेवा प्राप्त गर्ने प्रक्रिया तथा स्थानीय श्रम कानूनका विविध पक्षका बारेमा जानकारी गराइएको थियो ।

सोही अवसरमा उप नियोग प्रमुख खगराज पाण्डेले आफ्नो सवस्थ्यको ख्याल गर्दै आर्जन गरिएको पारिश्रमिकको सही सदुपयोग गर्न र नेपाल एवं नेपालीको हित संरक्षण तथा प्रवद्र्धन गर्न अनुरोध गरे ।

कार्यक्रममा दूतावासबाट प्रदान गरिएका सेवा, नेपाली कामदारको मुख्य समस्या र समाधान गर्न दूतावासले गरेको पहल, मृत्यु र क्षतिपूर्ति सम्बन्धी अवस्था, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा एवं दुवै श्रम कानूनलगायतका विषयमा छलफल भएको थियो ।

वि.सं.२०७५ पुस ३० सोमवार १३:१९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...