back
CTIZAN AD

किताबखानामा अद्यावधिक नभएकाले फाराम भर्न पाउने

वि.सं.२०७५ पुस ३० सोमवार

810 

shares

३० पुस, काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ ।

समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीलेसमेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिए ।

यसअघि अनिवार्यरुपमा विवरण अद्यावधिक गरेरमात्र मन्त्रालयले फाराम भर्न निर्देशन दिएको थियो । उनले कर्मचारीको व्यक्तिगत विवरण आवेदन दिने समयसीमाभित्र पनि अद्यावधिक भइनसकेका भए तापनि हालको विवरणलाई आधार मानेर समायोजनका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

समायोजनका लागि कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराउनुपर्ने हुन्छ ।

किताबखानामा मोबाइल नम्बर अद्यावधिक नभएका कर्मचारीले मोबाइलबाट प्राप्त हुने कोडको सट्टा सफ्टवेयरले मागेको विवरण भरी समायोजनका लागि आवेदन दिनसक्ने उनले जानकारी गराए ।

वि.सं.२०७५ पुस ३० सोमवार १३:३१ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...