back
CTIZAN AD

जनताको सहभागितामा मात्र समृद्ध नेपाल सम्भव : उपराष्ट्रपति पुन

वि.सं.२०७५ माघ १ मंगलवार

789 

shares

१ माघ, गलकोट । उपराष्ट्रपति नन्दबहादुर पुनले जनताको सहभागितामा मात्र समृद्ध नेपाल निर्माण गर्न सम्भव हुने बताएका छन् ।

बागलुङ जैमिनी नगरपालिका–१ कुस्मिशेरामा आज सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपतिले विकास र समृिद्ध अहिलेको राष्ट्रिय एजेण्डा भएकले जनताको प्रत्यक्ष सहभागितामा मात्र त्यो सम्भव हुने बताए ।

उपराष्ट्रपति पुनले कालीगण्डकी करिडोर र लोकमार्गले बागलुङको विकासमा ठूलो टेवा पु¥याउने उल्लेख गर्दै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

“समृद्ध जैमिनी निर्माणका लागि कृषिमा आधुनिकीकरण गरेर उत्पादनमा वृद्धि गर्नु आवश्यक छ,” उनले भने, “बागलुङको पर्यटन विकासमा सबैको सक्रिय योगदान आवश्यक छ ।”

उपराष्ट्रपति पुनले जिल्लामा रहेका पर्यटकीयस्थलको विकास र विस्तारमा यस्ताखाले मेला, महोत्सवले प्रवद्र्धन गर्ने धारणा व्यक्त गरे ।

माघे सङ्क्रान्तिका अवसरमा जिल्लाको कलासंस्कृति संरक्षण, खेलकूद विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुस २७ गतेदेखि शुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आइडल प्रतियोगिता, भजन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिनेछ ।

‘कलासंकृति तथा खेलकूदको संवद्र्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा ७० भन्दा धेरै व्यापारिक तथा स्थानीय स्टल रहेको क्लबका अध्यक्ष सुरेश सुनारले बताए ।

वि.सं.२०७५ माघ १ मंगलवार १८:२० मा प्रकाशित

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...