back
CTIZAN AD

मगर समुदायले यसरी मनाए माघे सङ्क्रान्ति

वि.सं.२०७५ माघ १ मंगलवार

807 

shares

१ माघ, काठमाडौँ । मुलुकका विभिन्न भागमा स्थायी घर भई काठमाडाँैमा बसोबास गर्दै आएका मगर समुदायले आफ्नो राष्ट्रिय महान् चाड माघे सङ्क्रान्ति भव्यरुपमा मनाएका छन् ।

नेपाल मगर सङ्घद्वारा माघे सङ्क्रान्तिका उपलक्ष्यमा आज टँुडिखेलमा आयोजित शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रममा ठूलो सङ्ख्यामा मगर समुदायको सहभागिता रह्यो । मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने चाडका रुपमा माघे सङ्क्रान्ति रहिआएको छ ।

कार्यक्रममा छोरी–चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । भाङग्रा र घलेक पहिरिएका युवायुवतीका विभिन्न समूहले नाचगान गरेर हर्षका साथ माघे सङ्क्रान्ति मनाएका थिए । सो अवसरमा मगर मुदायको प्रसिद्ध खेल धनुषबाण पनि खेलिएको थियो । उक्त समुदायले माघ महीनामा तरुल, सकरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडीलगायत परिकार खाने गर्दछन् ।
सो अवसरमा सरकारका मन्त्रीहरुले नेपालको एकीकरण र मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका जनआन्दोलनमा जस्तै विकास र समृद्धिको अभियानमा सहयोग पु¥याउन मगर समुदायलाई आह्वान गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले संस्कृति, बहुलता र विविधता एकता तथा सद्भावको आधार बनाएर विकास र समृद्धिका लागि अघि बढ्नु आजको आवश्यकता रहेको बताए । उनले भने, “नेपाल भौगोलिक, जातीय र संस्कृति विविधताको सङ्गमस्थल हो, यो हाम्रो ठूलो सम्पत्ति, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले माघे सङ्क्रान्ति मगर समुदायको मात्र नभई सबै नेपालीको सांस्कृतिक पर्वका रुपमा नेपालभर मनाइने गरिएको बताइन् । खानेपानीमन्त्री विना मगरले छोरी–चेली पुजिने माघे सङ्क्रान्ति पर्व भनाइ रहँदा हाम्रै मुलुकका छोरी–चेली असुरक्षित हुने परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्का मगर, सांसद कमला रोक्का लगायतले मगर समुदायले अब आफ्नो पहिचान र अधिकारको आन्दोलनसँग विकास र समृद्धिको अभियानलाई जोडेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

नेपालको मेचीदेखि महाकाली तथा तराईदेखि हिमालसम्म बसोबास रहेको मगर समुदाय जनसङ्ख्याका हिसाबले तेस्रो ठूलो जाति हो । सरकारी आँकडामा मगर समुदायको जनसङ्ख्या १८ लाखको हाराहारी रहेको देखाए पनि उक्त समुदायले आफ्नो जनसङ्ख्या ३० लाख रहेको दाबी गर्दै आएको छ ।

वि.सं.२०७५ माघ १ मंगलवार १८:४४ मा प्रकाशित

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...