back
CTIZAN AD

धर्मपथमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्दै

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

861 

shares

 ११ कात्तिक,काठमाडौँ । काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ ।

व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले अध्ययनको काम गरिरहेका छन् । ती तीन समूहले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा उपयुक्त छनोट गरी निर्माणका प्रक्रिया सुरु गरिनेछ ।

सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँसडकको पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ बनाइने कामपाले जानकारी दिएको छ । यस पार्किङले नयाँसडकमा हुने ट्राफिक चापलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । पाँच तला रहने सो पार्किङ बनाउन करिब एक अर्ब लगानी लाग्ने महानगरपालिकाको अनुमान छ । साथै उक्त भवनमा दुईतलाको भूमिगत पार्किङसमेत हुनेछ ।

कानुनअनुसार निजी कम्पनीलाई पार्किङ भवन सञ्चालन गर्न बढीमा ३० वर्षको अवधि तोकिनेछ । सो अवधि पूरा गरेपछि उक्त भवन महानगरपालिकाको स्वामित्वमा जानेछ ।

महानगरपालिकाका अनुसार पार्किङमा माथिल्लो तलामा गाडी पार्क गर्न लिफ्टको प्रयोग गरिनेछ । मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछि लिफ्टबाट नै तल माथि गर्न सकिन्छ । पार्किङ क्षेत्र सानो भएको तथा गाडी तथा मोटरसाइकल सिधै घुमाउन नमिल्ने भएकाले पार्किङमा सवारीका लागि लिफ्टको व्यवस्था गरिनेछ । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०४:५७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...