Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

ठूलो परिमाणमा पटाका भित्रिंदै



११ कात्तिक,वीरगन्ज । नजिकिँदै गएको तिहार पर्वलाई दृष्टिगत गरी तस्करले पर्सा र बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रमलाई तीब्रता दिएका छन् । दुवै जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको पाइन्छ ।

तस्करले सीमावर्ती भारतको रक्सौलबाट पर्सा जिल्लाको भिस्वा, पर्सौनी, सिर्सया, जानकी टोल, ठोरीलगायतका नाकाबाट पटका भित्र्याउने गर्दछन् भने बारा जिल्लाको मोतिहर्वा, ठवैगोठ, सिमरौनगढ, कचोरवा नाकाबाट पटाका भित्रिने गरेको छ ।

तस्करहरुले भारतको रक्सौलबाट पटाका वीरगन्ज तथा त्यस आसपासका बजारसम्म प¥याउँदा सो बापत ५० प्रतिशत तथा काठमाडौँ, हेटाँैडा, नारायणघाटसम्म पु¥याउँदा ७५ प्रतिशतसम्म भाडा लिने गर्दछन् ।

अति प्रज्वलनशील रहेको पटाका नेपालमा प्रतिबन्ध भए पनि व्यापारीले बढी मुनाफाका लागि लुकाइछिपाइ भित्र्याउने गरेको पाइन्छ । भारतको रक्सौललगायत विभिन्न ठाउँबाट आउने टाँगा, जिप, ट्रक तथा सुख्खा बन्दरगाहमा आउने सवारीसाधनमा लुकाइछिपाइ पटाका भित्र्याउने गर्दछन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुरले थोरै परिणाममा पटाका भित्रिएको हुनसक्ने बताउँदै पटकपटक गरी दुई बोरा पटाका नष्ट गरेको बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ