back
CTIZAN AD

ठूलो परिमाणमा पटाका भित्रिंदै

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

849 

shares

११ कात्तिक,वीरगन्ज । नजिकिँदै गएको तिहार पर्वलाई दृष्टिगत गरी तस्करले पर्सा र बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउने क्रमलाई तीब्रता दिएका छन् । दुवै जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको पाइन्छ ।

तस्करले सीमावर्ती भारतको रक्सौलबाट पर्सा जिल्लाको भिस्वा, पर्सौनी, सिर्सया, जानकी टोल, ठोरीलगायतका नाकाबाट पटका भित्र्याउने गर्दछन् भने बारा जिल्लाको मोतिहर्वा, ठवैगोठ, सिमरौनगढ, कचोरवा नाकाबाट पटाका भित्रिने गरेको छ ।

तस्करहरुले भारतको रक्सौलबाट पटाका वीरगन्ज तथा त्यस आसपासका बजारसम्म प¥याउँदा सो बापत ५० प्रतिशत तथा काठमाडौँ, हेटाँैडा, नारायणघाटसम्म पु¥याउँदा ७५ प्रतिशतसम्म भाडा लिने गर्दछन् ।

अति प्रज्वलनशील रहेको पटाका नेपालमा प्रतिबन्ध भए पनि व्यापारीले बढी मुनाफाका लागि लुकाइछिपाइ भित्र्याउने गरेको पाइन्छ । भारतको रक्सौललगायत विभिन्न ठाउँबाट आउने टाँगा, जिप, ट्रक तथा सुख्खा बन्दरगाहमा आउने सवारीसाधनमा लुकाइछिपाइ पटाका भित्र्याउने गर्दछन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्र ठाकुरले थोरै परिणाममा पटाका भित्रिएको हुनसक्ने बताउँदै पटकपटक गरी दुई बोरा पटाका नष्ट गरेको बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०५:१२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...