Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना




९ माघ, म्याड्रिड । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् ।
मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने भने छैन ।
त्यसअघि उनी सञ्चारमाध्यमको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका पाँच पटकसम्म युरोपको ’बालन डो’र’ अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन् ।
यी स्टार खेलाडीले सन् २०११ देखि २०१४ सम्म रियल म्याड्रिड फुटबल क्लबका लागि खेल्दा विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको आरोप लगाइएको थियो ।
रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन् २०१७ मा बाहिर आएको थियो । त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट ’जानाजान’ करछली भएको बताएका थिए ।
तर रोनाल्डोका वकिलहरूले नियतवश कर छलेको नभई स्पेनी कानून बारेको असमझदारीका कारण त्यस्तो हुन गएको बताएका छन् ।
रोनाल्डोले अर्को मुद्दा पनि झेलिरहेका छन् । सन् २००९ मा बलात्कार गरेको उनीमाथि आरोप छ, जसलाई उनले अस्वीकार गर्दै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।