back
CTIZAN AD

रियोमा प्रहरी कारबाहीमा चार हजार नागरिकको मृत्यु

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

1.1K 

shares

११ कात्तिक ,रियो दि जेनेरियो, (ब्राजिल) । सार्वजनिक सुरक्षा संस्थाले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार रियोमा एक बर्षको अवधिमा प्रहरी कारबाहीमा झण्डै चार हजार नागरिक मारिएका छन् ।

अत्याधिक धेरै पर्यटकहरुको गन्तव्य बन्दै आएको ब्राजिलको मुख्य सहर रियोको वास्तविक दृश्य यस तथ्याङ्कले प्रष्ट पारेको जी वान न्युजले जनाएको छ ।

सन् २०१० देखि अहिले सम्ममा तीन हजार ९८५ जना मानिस प्रहरीद्धारा मारिएका छन् । त्यसमा पनि यस बर्षको जनवरीदेखि अगस्ट सम्म मात्रै ५४४ जनाको प्रहरीकै कारण मृत्यु भएको छ । बाजिलमा सन् २०१५ मा प्रहरीबाट ६४४ जनाको मृत्यु भएको तथ्याङ्क सो संस्थाले जनाएको छ ।

विगत छ बर्षको अवधिमा सन् २०१० मा सबैभन्दा धेरै ब्राजिलियाली नागरिकको मृत्यु भएको जनाउदै उक्त बर्षलाई खराब बर्षको रुपमा प्रस्तुत गरिएको छ । सन् २०१० मा ८५५ जनाको मृत्यु भएको थियो ।

यी सवै मृत्युका घटना सन् २०१६को ओलम्पिक आयोजना गरिएको सहर ब्राजिलको राजधानी रियोमा प्रहरी कारवाहीमा भएका हुन् । गत बर्ष भन्दा यस बर्ष २४ प्रतिशत बढीको प्रहरी कारबाहीमा मृत्य भएका जनाइएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०९:३३ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...