Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

रियोमा प्रहरी कारबाहीमा चार हजार नागरिकको मृत्यु



११ कात्तिक ,रियो दि जेनेरियो, (ब्राजिल) । सार्वजनिक सुरक्षा संस्थाले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार रियोमा एक बर्षको अवधिमा प्रहरी कारबाहीमा झण्डै चार हजार नागरिक मारिएका छन् ।

अत्याधिक धेरै पर्यटकहरुको गन्तव्य बन्दै आएको ब्राजिलको मुख्य सहर रियोको वास्तविक दृश्य यस तथ्याङ्कले प्रष्ट पारेको जी वान न्युजले जनाएको छ ।

सन् २०१० देखि अहिले सम्ममा तीन हजार ९८५ जना मानिस प्रहरीद्धारा मारिएका छन् । त्यसमा पनि यस बर्षको जनवरीदेखि अगस्ट सम्म मात्रै ५४४ जनाको प्रहरीकै कारण मृत्यु भएको छ । बाजिलमा सन् २०१५ मा प्रहरीबाट ६४४ जनाको मृत्यु भएको तथ्याङ्क सो संस्थाले जनाएको छ ।

विगत छ बर्षको अवधिमा सन् २०१० मा सबैभन्दा धेरै ब्राजिलियाली नागरिकको मृत्यु भएको जनाउदै उक्त बर्षलाई खराब बर्षको रुपमा प्रस्तुत गरिएको छ । सन् २०१० मा ८५५ जनाको मृत्यु भएको थियो ।

यी सवै मृत्युका घटना सन् २०१६को ओलम्पिक आयोजना गरिएको सहर ब्राजिलको राजधानी रियोमा प्रहरी कारवाहीमा भएका हुन् । गत बर्ष भन्दा यस बर्ष २४ प्रतिशत बढीको प्रहरी कारबाहीमा मृत्य भएका जनाइएको छ । रासस÷सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।