back
CTIZAN AD

दुःख दिनुको पनि सीमा हुन्छ नि !

वि.सं.२०७५ माघ १२ शनिवार

777 

shares
रमेश कंडेल पूर्वअध्यक्ष, एनआरएनए, युगाण्डा

श्रम बिभागले भिसा र भ्यालिड पासपोर्ट भएपछी द्वन्दग्रस्त देश बाहेक अन्य सबै देशका लागि सहज रुपमा श्रम दिनु पर्ने होइन र ? पहिला बिहिबार बिहान ११ बजे सोधेरै प्रक्रिया पूरा गरि लाइनमा बसियो पालो आएपछि युगान्डाका लागि श्रम दिन मिल्दैन भनियो बिन्ती सुनिएन । फेरि अधिकृत समक्ष समस्या लगें मिल्छ भन्नू भो फेरि लाइनमा बसेर पालो कुरियो । पालो आएपछि पुरानो श्रम अटेच गर्न भनियो पुरानो श्रम सिस्टममा खोज्ने जिम्मेवारी कर्मचारीको होइन ? बल्ल बल्ल बिन्ती गरे पछि पुरानो श्रम खोजेर प्रीन्ट सम्म गरिदिए । तर, अटेच गर्न फेरि फारम भर्ने ठाउँमा जान भनियो त्यहाँ गएर अटेच गरि फेरि लाइन बस्न आइयो ।
पालो आयो बल्ल बल्ल ल ठिक छ । ‘भोलि बिहान १० बजे आउनुस’ भनेर फारम रिसिभ गर्ने कर्मचारीबाट भन्नु भो । भोलिपल्ट शुक्रबार (हिजो) बिहान १० बजेबाट श्रम पाउने आशामा १ः३० सम्म लाइनमा बसेपछि भित्र बोलाइयो । ‘तपाईंको पहिलाको स्टिकर छैन कहिले गएको भन्ने कुनै प्रमाण छैन यो हुँदैन ।’ भन्नू भो । मैले। नम्रपुर्बक मेरो पुरानो पासपोर्ट हराएकोले नयाँ बनाएको हो पुरानो स्टिकर पुरानो पासपोर्टमै हुन्छ भने । पुरानो पासपोर्ट हराएको भए त्यसको प्रमाण खै पुलिस रिपोर्ट खै ? रे हराएको पासपोर्टको नम्बर लास्ट पेजमा हुन्छ लस्ट भनेर नै ! पुलिस रिपोर्ट खोज्ने परराष्ट्र अन्तर्गतका बिभागले कि श्रम बिभागले ? ती सबै प्रमाण नबुझाइ परराष्ट्र अन्तर्गत बिदेशमा भएका बिभागले काम त गरेनन् होला नि ? अनि भनियो ठिकै छ, त्यतिबेला साउथ अफ्रीका प्रेटोरिया अवस्थित नेपाल एम्बेस्सीबाटै पासपोर्ट हराएर यहाँबाट बनाइएको हो भन्ने एम्बेसीबाट लेटर मगाउनुस हामी गर्दिन्छौ भन्नू भो ।

पासपोर्टमा सम्बन्धित एम्बेसीको स्ट्याम्प हुन्छ र अधिकृतको सिग्नेचर हुन्छ के ती प्रमाण काफी छैनन् ? के म यात्रा गरिरहेको पासपोर्ट नक्कली हो ? लेटर पनि मैले त्यतिबेला युगान्डामा मेरो सहजताका लागि एम्बेस्सीकै अफिसियल ईमेल बाट मगाएको थिए त्यो २० मिनेट लगाएर खोजेर देखाएं त्यसपछि होईन त्यतिबेलाको चल्दैन अहिले मगाउनुस भन्नू भो । अनि मैले एनआरनए युगाण्डाका लागि २ कार्यकाल अध्यक्ष समेत रहेको मान्छे हुँ भनेको ‘ठिक छ एनआरएनएबाटै आफ्नो परिचय खुल्ने लेटर मगाउनुस गर्दिन्छौ’ भन्नू भो ।
अन्ततः मेरो पासपोर्ट र डकुमेन्ट वापस गरेर आइतबारका लागि बोलाइयो । बुटवलका लागि खटिएका प्रमुखले हुन्छ भन्दा पनि काठमाडौबाट पठाइएका भनिएका बुज्रुक देखिने ती कर्मचारीले हुँदैन भनेपछि प्रमुखले अन्ततः वहाँ काठमाडौबाट आउनु भएको हो हामिलाइ भन्दा धेरै वहाँलाई थाहा छ वहाँले पास नगरी मैले केही गर्न मिल्दैन भन्नू भो । तर सिस्टम बाट रिजेक्ट गरिएको छैन ।


२१ दिनको बिदा लिएर आएको म १ हफ्ता बाटोमै सकियो । ३ दिन त श्रमले नै खायो अझै कति लाग्ने हो थाहा छैन । भर्खर घर आइपुगेको अवस्था छ । अब म पहुँचको दुरुपयोग गर्न नचाहने र पैसा (घुस) खुवाउन नरुचाउने मलाई एनआरएनएको अभियन्ता भन्दापनी नपत्याएरै खानका लागि दुव्र्यवहार गरेको भान हुन्छ । यस्ता कर्मचारीलाई कसरी लाइनमा ल्याउने हो ? मिल्ने कामलाई किन यति दुख दिन्छन पब्लिक सर्भेन्टहरु ? यद्यपि श्रम बिभागले अहिले बिचौलिया (फारम भर्ने एजेन्ट) बाट अत्याधिक पैसा लिएको थाहा पाइएमा तिनीहरुलाई अफिसमै बोलाएर सेवाग्राही लाई पैसा वापस गराएको दृश्य चाहिँ प्रसंसनिय लाग्यो ।

वि.सं.२०७५ माघ १२ शनिवार १३:१५ मा प्रकाशित