back
CTIZAN AD

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

वि.सं.२०७५ माघ १७ बिहीवार

921 

shares
king of Malaysia

१७ माघ, क्वालालम्पुर ।  मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् ।

यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचनमार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गरेका थिए ।

खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोशाक लगाएका थिए ।

क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक र परम्परागत रुपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले सपथ ग्रहण गरेका थिए ।

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजाराँै अतिथिहरु, मुस्लिम धर्मगुरुलगायतको उल्लेख्य सहभागिता थियो भने टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सपथ ग्रहण अगाडि ५९ वर्षीय नयाँ राजा अब्दुल्लाहलाई राष्ट्रिय संसद्मा स्वागत गरिएको थियो भने सम्मान गारत पनि दिइएको थियो ।

मलेसियाको राजसभाद्वारा केही दिन अगाडि संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा भएका छन् ।

यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले यही जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको हो ।

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावधि नसकिँदै राजीनामा दिने मुहम्मद पहिलो राजा हुन् ।

उनले राजीनामा दिनुको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन रुसी पूर्वसुन्दरीसँग विवाह गरेकाले उनले राजीनामा दिएको बताइएको छ ।

राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय १५औं राजा सुल्तानले केही सातादेखि विदा लिएका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए ।

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हाल्नु भएको थियो । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएको हो ।

नयाँ राजा अब्दुल्लाह खेलकुद क्षेत्रमा अत्यधिक सक्रिय व्यक्ति हुन । उन आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि थिए। साथै उहाँले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेबारी पनि सम्हाल्दै आएका छन् ।

उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रुपमा घोषणा गरिएको अधिकारीले बताएका छन् । यसअघि पनि कार्यबाहक राजाको जिम्मेवारी सम्हाल्नु भएका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रुपमा फेरि पनि पाँच वर्षका लागि निरन्तरता दिइएको हो ।

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजा दैनिक प्रशासनिक काममा भने संलग्न हुने व्यवस्था छैन तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ ।

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसङ्खयक मुसलमानले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन् ।

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ ।

मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासक अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यमा गर्भनर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रिय प्रणालीमार्फत् पाँच पाँच वर्षका लागि राजा छान्ने परम्परा रहेको छ ।

प्रायःपालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको भएकाले त्यहीँका सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह राजा भएको हो ।

वि.सं.२०७५ माघ १७ बिहीवार १७:२० मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...