back
CTIZAN AD

प्रहरी अधिकारीको हत्यामा दोषि ठहरीएकालाई मृत्युदण्ड

वि.सं.२०७५ माघ १७ बिहीवार

660 

shares

१७ माघ, वासिङ्टन ।  प्रहरी अधिकारीको हत्यामा दोषी ठहरिएका एक व्यक्तिलाई अमेरिकाको टेक्सासमा बुधबार मृत्युदण्ड दिइएको छ । तीस वर्षअघि रोबर्ट मिचेल जेनिङ्सले लुटपाटका क्रममा एक प्रहरी अधिकारीको हत्या गरेका थिए ।

जेनिङ्सलाई हन्ट्सभिल कारागारमा स्थानीय समयअनुसार बिहानै ०६ बजे मृत्युदण्ड दिइएको थियो । जेनिङ्सले जुलाई १९, १९८८ मा ह्युस्टनको पुस्तक पसलमा प्रहरी अधिकारी एल्स्टन होवार्डलाई गोली हानी हत्या गरेका थिए ।

संयुक्तराज्य अमेरिकामा जेनिङ्स विरुद्ध दिइएको यो मृत्युदण्ड सन् २०१९ को पहिलो घटना हो ।

जेनिङ्स विरुद्ध सन् १९८९ मै मृत्युदण्डको फैसला सुनाइएको थियो तर माफीको माग गर्दै दर्जनौं मुद्दा अदालतमा दर्ता भएका थिए ।

यसै साता अदालतले उनको पछिल्लो आग्रहलाई अस्वीकार गरेको थियो ।

सन् २०१८ मा अमेरिकामा २५ जनालाई मृत्युदण्ड दिइएको थियो । तीमध्ये टेक्सास राज्यमा मात्र १३ जनाले यस्तो सजाय पाएका थिए ।

वि.सं.२०७५ माघ १७ बिहीवार १७:१३ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...