back
CTIZAN AD

मेक्सिकाली राष्ट्रपतिद्वारा “लागूऔषध विरुद्धको युद्ध” समाप्तिको घोषणा

वि.सं.२०७५ माघ १७ बिहीवार

711 

shares

१७ माघ, मेक्सिको सिटी ।  मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषध विरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गरेका छन् । उनले मेक्सिको सरकारले लागूपदार्थका तस्करहरु पक्राउ गर्न सेना प्रयोग गर्ने कुरालाई प्राथमिकता नदिने बताएका छन् ।

आलोचकले राष्ट्रपतिको उक्त कदमको आलोचना गरेका छन् । उनीहरुले बामपन्थी राष्ट्रपति ओब्राडोरले चुनावी प्रतिबद्धता बमोजिम सेना परिचालन रोक्न पर्याप्त काम गर्न नसकेको औंल्याएका छन् । सेनाका अलावा राष्ट्रिय गार्ड निर्माण गर्ने राष्ट्रपतिको तयारीले मुलुकलाई थप सैनिकीकरण गर्ने उनीहरुको भनाइ छ ।

मेक्सिकोले लागूपदार्थका तस्कर विरुद्ध लड्न सन् २००६ देखि सेना परिचालन गरेको छ तर सेना परिचालनको विषयमा पनि मेक्सिकोभित्रै चर्को आलोचना हुँदै आएको छ ।

सैनिक परिचालनबाट ठूला तस्कर गिरफ्तार भएपनि देशभित्र हिंसात्मक झडपका घटना धेरै भएका थिए । साना तस्करबीच एकआपसमा र सेनासँगको भिडन्तमा धेरैको ज्यान गएको थियो ।

ओब्राडोरले मेक्सिको सिटीमा आयोजित पत्रकार सम्मेलनमा भने, “अहिले युद्ध भएकै छैन । हामी शान्ति चाहन्छौं, र हामी शान्ति हासिल गर्नेतर्फ एक कदम अगाडि छौं । अहिले कोही संगठित अपराधी पक्राउ परेका छैनन्, किनभने त्यो हाम्रो मुख्य उद्देश्य होइन । सरकारको मुख्य उद्देश्य नै सार्वजनिक सुरक्षा प्रदान गर्नु हो ।”

उनले भने, “हामीले चाहेको नै सुरक्षा हो, दैनिकजसो हुने नरहत्या रोक्नु हो ।”

मेक्सिकोमा १३ वर्षअघि सेनालाई सडकमा उतारेयता दुई लाखभन्दा बढीको मृत्यु भइसकेको छ । मेक्सिकोका कतिपय राज्यमा ज्यादै ठूलो मात्रामा हिंसात्मक घटना भइरहेका छन् । सेना परिचालन गरिएपनि सुरक्षाको वातावरणमा सुधार आउन सकेको छैन ।

गत वर्ष सबैभन्दा बढी अर्थात करिब ३३ हजारको हत्या भएको थियो । राष्ट्रपति ओब्राडोरले धेरैवटा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेका छन् । उहाँको भनाइमा यसले गरिबी न्यूनीकरण हुने र अन्ततः हिंसात्मक अपराध त्याग्न मानिसलाई अभिप्रेरित गर्नेछ ।

मानवअधिकारवादी समूहले भने राष्ट्रिय गार्ड निर्माण गर्ने योजनाले मुलुकलाई स्थायीरुपमै सैनिकीकरण गर्ने बताएका छन् । राष्ट्रपतिको उक्त योजना स्वीकृत हुन संविधानमै संशोधन गर्नुपर्ने हुन्छ । संसद्को तल्लो सदनबाट पारित भइसकेको राष्ट्रिय गार्ड गठनसम्बन्धी विधेयकलाई माथिल्लो सदन सिनेटबाट स्वीकृत हुन बाँकी छ ।

वि.सं.२०७५ माघ १७ बिहीवार १७:१० मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...