back

राजनीतिक दल, सुरक्षा निकाय लगायत सबैको सहमतिमा बिदा दिने निर्णय गरिएको हो–प्रधानमन्त्री

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

498 

shares
GLOBAL IME AD
NTC AD

prachanda

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई छिमेकी भारत र चीनका राष्ट्रप्रमूख नेपाल आउँदा एक दिन सार्वजनिक बिदा दिँदा राम्रो हुने राजनीतिक दलका नेताहरु लगायत सुरक्षा निकायबाट राय आएपछि मन्त्रिपरिषदले बिदा दिने निर्णय गरेको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार व्यवस्थापिका–संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आएको सयुंक्त विद्यार्थी मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा स्पष्ट गर्नुभएको हो ।
भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘भ्रमणको तयारीका लागि राष्ट्रपतिज्यू समेतको सहभागितामा राष्ट्रपति निवासमा बैठक भएको थियो । उक्त बैठकमा राजनीतिक दलका प्रमूख नेताहरु पनि हुनुहुन्थ्यो । छिमेकीहरु प्रतिको सद्भाव र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन समेतलाई विचार गरेर एक दिन बिदा दिँदा राम्रो सन्देश जाने राय आएपछि मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
बिदा दिने प्रस्ताव र निर्णय प्रधानमन्त्री र प्रचण्डकै भएकोझैं गरी प्रचार गरिएको छ, यो बिलकूल गलत र भ्रामक कुरा हो ।’
भेटमा प्रधानमन्त्रीले विद्यार्थीहरुको एकताले आफू प्रभावित भएको भन्दै आफू सबैसँग समान धारणा बनाएर महाअभियोग पारित गराउने पक्षमा रहेको समेत जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हरेक काममा तपाईहरुले जुन एकता प्रदर्शन गर्नुभएको छ, यसले राजनीतिक नेताहरुलाई पनि प्रेरणा मिलेको छ । अख्तियारको दुरुपयोग रोक्ने, सुशासन कायम गर्ने जिम्मेवारी पाएको व्यक्तिलाई नै महाअभियोग लगाउनुपर्ने बाध्यता पक्कै राम्रो होइन । तर, यसले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सकारात्मक शिक्षा पक्कै दिन्छ ।’
भेटमा विद्यार्थी नेताहरुले संसदमा पेश भएको महाअभियोग प्रस्ताव सकारात्मक रहेको भन्दै प्रस्ताव पारित गर्न विशेष भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०८:१६ मा प्रकाशित

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त...

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’...

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

प्रधानमन्त्रीसँग माल्दोभाका उपप्रधानमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका माल्दोभाका...

आजदेखि एसइई सुरु

आजदेखि एसइई सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।...

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...