back

“ एउटा तप्का छ जतिसुकै राम्रो काम गरेपनि विरोध नै गर्छ”

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

609 

shares
GLOBAL IME AD
NTC AD

prachanda

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा तप्काले सरकारले जतिसुकै राम्रो काम गर्न लाग्दा पनि विरोध गर्ने  नियतसहित लागेकाले त्यसबाट भ्रमित नहुन आफ्ना जनवर्गिय संगठनलाई आग्रह गर्नु भएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट मोर्चा तथा जनवर्गीय संगठनहरुका प्रमूखहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले सो कुरा बताउँदै त्यस्ता प्रवृत्तिबाट भ्रमित नहुन र सरकारका सकारात्मक कामको स्वामित्व लिने गरी काम गर्न नेताहरुलाई आग्रह गर्नु भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई विकास र जनसेवामा जोड्ने गरी गाउँ–गाउँमा पठाउन लागेको समेत बताउनु भएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘पार्टीको सम्पूर्ण शक्तिलाई विकास र जनसेवाका काममा लगाउन जरुरी छ । त्यसका लागि सरकारले पुरक बजेट ल्याएर भएपनि जनताका आकांक्षा सम्बोधन गर्ने कोशिस गर्दैछ । तपाईहरु पनि कार्यक्रम बनाएर गाउँ गाउँमा जानुस ।”
प्रधानमन्त्रीले गरीबका लागि सरकार कार्यक्रम, युवा स्वरोजगार र जनता पेन्सन कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘१०, १५ अरब बजेटको व्यवस्था गरेर गरीबका लागि सरकार कार्यक्रमलाई प्रभावकारी बनाइँदैछ ।
युवा स्वरोजगार कार्यक्रम पनि पहिलेभन्दा प्रभावकारी रुपमा जान्छ । जनताका लागि जनता वा किसान पेन्सन कार्यक्रम ल्याइदैछ । यसले जनतामा नयाँ आशा सिर्जना हुन्छ ।’
मोर्चा र जनवर्गीय संगठनका प्रमूखहरुले सरकारले अहिलेसम्म लिएका निर्णय सकारात्मक रहेको र जनतामा आशा जागेको भन्दै कार्यक्रमलाई जनतासम्म लैजान विशेष पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
भेटमा माओवादी केन्द्रनिकट प्राध्यापक संगठन, किसान महासंघ, जनसांस्कृतिक महासंघ, वाइसिएल, ट्रेड यूनियन महासंघ, विद्यार्थी संगठन, बुद्धिजीवी संगठन, महिला, दलित, प्रेस सेन्टर, शिक्षक, बेपत्ता परिवार लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०८:२७ मा प्रकाशित

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

राष्ट्रियसभामा तीन विधेयक टेबुल

राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा...

‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’ : मन्त्री  यादव

‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला...

हिमाली परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण गर्न विज्ञहरूको सुझाब

हिमाली परिस्थितिकीय प्रणाली जोगाउन हिमनदीको संरक्षण गर्न विज्ञहरूको सुझाब

काठमाडौं । हिमाल क्षेत्र वरपर बस्ने समुदायलाई जलवायु परिवर्तनका प्रतिकूल...

महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग

महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौं । समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही...

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

‘समझदारीमार्फत दुवै पक्षबाट ‘इपिजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले संयुक्त...