back
CTIZAN AD

“ एउटा तप्का छ जतिसुकै राम्रो काम गरेपनि विरोध नै गर्छ”

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

1K 

shares

prachanda

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा तप्काले सरकारले जतिसुकै राम्रो काम गर्न लाग्दा पनि विरोध गर्ने  नियतसहित लागेकाले त्यसबाट भ्रमित नहुन आफ्ना जनवर्गिय संगठनलाई आग्रह गर्नु भएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट मोर्चा तथा जनवर्गीय संगठनहरुका प्रमूखहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले सो कुरा बताउँदै त्यस्ता प्रवृत्तिबाट भ्रमित नहुन र सरकारका सकारात्मक कामको स्वामित्व लिने गरी काम गर्न नेताहरुलाई आग्रह गर्नु भएको छ ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई विकास र जनसेवामा जोड्ने गरी गाउँ–गाउँमा पठाउन लागेको समेत बताउनु भएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘पार्टीको सम्पूर्ण शक्तिलाई विकास र जनसेवाका काममा लगाउन जरुरी छ । त्यसका लागि सरकारले पुरक बजेट ल्याएर भएपनि जनताका आकांक्षा सम्बोधन गर्ने कोशिस गर्दैछ । तपाईहरु पनि कार्यक्रम बनाएर गाउँ गाउँमा जानुस ।”
प्रधानमन्त्रीले गरीबका लागि सरकार कार्यक्रम, युवा स्वरोजगार र जनता पेन्सन कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘१०, १५ अरब बजेटको व्यवस्था गरेर गरीबका लागि सरकार कार्यक्रमलाई प्रभावकारी बनाइँदैछ ।
युवा स्वरोजगार कार्यक्रम पनि पहिलेभन्दा प्रभावकारी रुपमा जान्छ । जनताका लागि जनता वा किसान पेन्सन कार्यक्रम ल्याइदैछ । यसले जनतामा नयाँ आशा सिर्जना हुन्छ ।’
मोर्चा र जनवर्गीय संगठनका प्रमूखहरुले सरकारले अहिलेसम्म लिएका निर्णय सकारात्मक रहेको र जनतामा आशा जागेको भन्दै कार्यक्रमलाई जनतासम्म लैजान विशेष पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
भेटमा माओवादी केन्द्रनिकट प्राध्यापक संगठन, किसान महासंघ, जनसांस्कृतिक महासंघ, वाइसिएल, ट्रेड यूनियन महासंघ, विद्यार्थी संगठन, बुद्धिजीवी संगठन, महिला, दलित, प्रेस सेन्टर, शिक्षक, बेपत्ता परिवार लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०८:२७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...