back
CTIZAN AD

‘संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनै सरकारबीच समन्वय हुनुपर्ने’

वि.सं.२०७५ माघ २७ आइतवार

657 

shares

२७ माघ, उर्लाबारी । प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएकी छन् ।

मोरङको उर्लाबारी नगरपालिकामा आज स्थानीय राजपत्र सार्वजनिक गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन सकेन भने समस्या सिर्जना हुने बताइन् । उनले जनतालाई सरकारको अनुभूति दिन पनि तीनवटै सरकार मिलेर अघि बढ्नुको विकल्प नरहेको धारणा राखे ।

उनले स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यबीच पनि समन्वय र सल्लाह हुनुपर्ने बताइन् । उनले विकास निर्माणका विषयमा तीनवटै सरकारका जनप्रतिनिधिबीच समन्वय र सल्लाह भएमा मात्र विकासले सही गति लिने विचार राखिन् ।
उपसभामुख तुम्वाहाङ्फेले प्रतिनिधिसभाको तेस्रो अधिवेशन विधेयक अधिवेशनका रुपमा लिँदै अहिले धमाधम विधेयकमाथि छलफल भइरहेको बताइन् । नगरपालिकाले २९ वटा ऐन, नियमावली र कार्यविधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको नगर प्रमुख खड्गबहादुर फागोले बताए ।

वि.सं.२०७५ माघ २७ आइतवार १६:४२ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...