back
CTIZAN AD

नौ नगरपालिकालाई रु एक-एक करोड

वि.सं.२०७५ माघ २७ आइतवार

630 

shares

२७ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप उद्यान निर्माणका लागि नौ नगरपालिकालाई रु एक÷एक करोड उपलब्ध गराएको छ ।

महानगरपालिका र काठमाडौँ जिल्लाभित्रका नगरपालिकाबीच नगर साझेदारी कार्यक्रमअन्तर्गत आज टोखा नगरपालिकाबाहेक अन्य नगरपालिकालाई रु एक–एक करोड रकम उपलब्ध गराइएको छ ।

कामपाको गत शुक्रबार बसेको २९औँ बोर्ड बैठकको निर्णयअनुसार उक्त रकम कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नौ नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका हुन् । कामपाको साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका नगरपालिकाको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि रकम हस्तान्तरण गरिएको कामपाले जनाएको छ ।

कामपा प्रमुख शाक्यले छिमेकी नगरपालिका मजबुत नभएसम्म काठमाडौँ महानगर मजबुत नहुने भन्दै छिमेकी नगरसँगको सहकार्यमा उद्यान निर्माणपछि अर्थतन्त्र बलियो हुने धारणा राखेका थिए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरमा नै धेरै विकास गर्नुपर्ने हँुदाहुँदै पनि छिमेकी नगरपालिकालाई सहयोग गर्नु कामपाको उदाहरणीय कार्य रहेको भन्दै प्रदान गरिएको रकम सम्बन्धित शीर्षकमा नै खर्च गर्न आग्रह गरेकी थिइन् । यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि रु एक करोड प्रदान गरिएको थियो ।

उपत्यकाका एकीकृत विकास कार्यक्रमअन्तर्गत यी कार्यक्रम गरिएको हो । आव २०७५÷७६ मा विनियोजित बजेटअनुरुप प्रथम पक्ष कामपाले दोस्रो पक्ष अन्य नगरपालिकालाई रकम दिएको हो । परियोजना निर्माण आव २०७५÷७६ मा शुरु गरिसक्नुपर्ने सम्झौतापत्रमा भनिएको छ । उक्त रकम सो परियोजनाबाहेक अन्य क्षेत्रमा लगानी गर्न पाइने छैन ।

वि.सं.२०७५ माघ २७ आइतवार १६:४६ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...