back
CTIZAN AD

बेल्जियममा २८५५ औ सोनाम ल्होछार सम्पन्न

वि.सं.२०७५ माघ २८ सोमवार

759 

shares

बेल्जियमको रमणिय सहर ब्रुजमा फेब्रअरी ९ तारिक शनिबारका दिन भब्यताका साथ ल्होछार सम्पन्न गरिएको छ ।

२८५५औ सोनाम ल्होछार बँदेल बर्षको औपचारिक कार्यक्रम लामा गुरूले पुजा गरे पश्चात्, समाजका अध्यक्ष राम लामाको सभापतित्वमा प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले मैनबत्ति बालेर उद्घाटन पश्चात सुरु भएको थियो ।

सोहि अवसरमा विशिष्ट अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासि लामाले तामाङहरुको कला र संस्कृति बारे प्रष्टाउदै सम्मानताका लागि राज्यसत्ताको ऐतिहासिक विभेदकारी नीतिको अन्त्य हुनुपर्ने बताए ।


समाजका सचिव गोपि मोक्तान, नेपाल जनजाति महासंघ बेल्जियमका अध्यक्ष बाबुराजा लामा ,एन आर एन बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएन केन्द्रीय सचिव जानकी गुरुङले ल्होसारको शुभकामना मन्तब्य दिएका थिए भने स्वागत मन्तब्य समाजका सदस्य आशा थोकर र सन्चालन महासचिब जोगमान तामाङले साथै साँस्कृतिक कार्यक्रमको सन्चालन सदस्य लालिङ तामाङले गर्रेका थिए ।

कार्यक्रममा नेपालबाट जेष्ठ नागरिकद्धय ८६ बर्षिय बुबा किताब सिंह तामाङ, ८० बर्षिय आमा दामु तामाङ र चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट नवनिर्वाचित उपाध्यक्ष टासि लामा, महिला सचिव गोपि मोक्तान साथै नेपाल जनजाति महासंघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका बाबुराजा लामालाई संस्थाका संरक्षकद्वय अनिता तामाङ र भरत लामाले खादा लगाई सम्मान गरेका थिए ।

आमन्त्रित नेपालका ख्यातिप्राप्त अतिथि कलाकारद्वय लोक तथा दोहोरी गायक बिरु लामा र सेलो गायिका निर्मला घिसिङको बिशेष प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको थियो भने, अर्कोतिर स्थानिय कलाकार भाई बहिनीहरु ईना लामा ,प्रतिता तामाङ, लिलियम थापा, याना वाईबा, प्रथम लामा र प्रवेश लामाको बेजोड नृत्यले झनै आकर्षक बनायौ ।

समाजको निमन्त्रणा स्विकार्दै गैरआवासिय नेपाली सघका पदाधिकारीहरू , जातिय सङ्गठनका अध्यक्षहरू, पत्रकार, वैचारिक र क्षेत्रीय सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत बेल्जियमबासी नेपालीहरुको उत्साहजनक उपस्थित भई भब्य र सभ्यरुपले कार्यक्रम सम्पन्न सफल भएकोमा तामाङ समाज बेल्जियमले हार्दिक धन्यवाद व्यक्त गरेका थिए । साथै अतिथि कलाकारद्वय, स्थानिय कलाकार भाई बहिनीहरु र एभरेष्ट नेपाली समाज बुर्गे प्रति तामाङ समाज बेल्जियमले बिशेष आभार ब्यक्त गरेको छ ।

वि.सं.२०७५ माघ २८ सोमवार १५:४५ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...