back
CTIZAN AD

नगरपालिकाको सह्रायिन कार्य, किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान

वि.सं.२०७५ माघ २८ सोमवार

831 

shares

२८ माघ, भरतपुर । माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा रु तीन अनुदान दिन थालेको छ । अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेको छ ।

उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको सङ्ख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए । माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्याङ्कका अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो । दूध उत्पादनका आधारमा ६ महीनामा रु १९ लाख अनुदान वितरण गरिएको उनले बताए ।

“किसानले रु एक लाखसम्म अनुदान प्राप्त गरेका छन्”, ढकालले भने । नगरपालिकाले किसानको आर्थिक अवस्था सुधार गर्न दूध उत्पादनमा विशेष जोड दिँदै आएको छ । यस वर्ष नगरपालिकाले बाख्राको खोर सुधार, बोयर बाख्रा खरीद र बङ्गुरको खोर सुधारका लागि पनि अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । व्यावसायिक पशुपालनलाई दिगो बनाउन नगरपालिकाले यस वर्ष ३०० बिघा जग्गा भाडामा दिएर घाँसखेती समेत शुरु गरेको नगरप्रमुख ढकालले बताए ।

गत आवमा माडीमा पशुपालनका लागि झण्डै रु ५६ लाख अनुदान प्रदान गरिएको थियो । सो अनुदान गाईभैँसीको गोठ सुधार, बाख्राको खोर सुधार, बङ्गुरको खोर सुधार, घाँसखेती, पशुको कृतिम गर्भाधान लगायतमा प्रदान गरिएको छ । यस वर्ष नगरपालिकाले पशुपालनको क्षेत्रमा रु दुई करोड २८ लाख विनियोजन गरेको छ । सशर्त अनुदानतर्फ रु आठ लाख २० हजार र नगरपालिकाको तर्फबाट रु दुई करोड १८ लाख विनियोजन गरिएको माडी नगरपालिकाका पशुपक्षी शाखा प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।

“न्यून आयस्तर हुनेका लागि नगरपालिकाले ‘एकभाइ एक गाई’ कार्यक्रम सञ्चालन गरेको छ”, उनले भने । गोठ निर्माणका लागि रु तीन हजार ५०० हजारसम्म र गाई किन्न रु ४० हजार अनुदान दिइने अधिकारीले बताउनुभयो । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्यप्रसाद भुसालले माडीका किसानको सोचमा परिवर्तन आएको बताए । उनले नगरपालिकाको अनुदान र सहज बजारीकरणका कारण पशुपालनमा किसानको आकर्षण बढेको बताए ।

माडीमा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । गत वर्ष माडीमा डिडिसीले दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध सङ्कलन गर्ने गरेको थियो । यस वर्ष दैनिक पाँच हजार लिटर दूध सङ्कलन गरिरहेको छ । एक वर्षको अवधिमा दैनिक एक हजार लिटर दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ । माडीमा करीब २०० व्यावसायीक पशुपालक किसान रहेका छन् ।

वि.सं.२०७५ माघ २८ सोमवार १५:५५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...