back
CTIZAN AD

नागरिकतामा हतार नगर

वि.सं.२०७५ माघ २८ सोमवार

693 

shares

नागरिकता ऐन २०६३ लाई संशोधन गर्नका लागि सरकारले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गरेको छ । संशोधनका लागि अघि सारिएका बुँदा राष्ट्रहित अनुकुल नभएको भन्दै चौतर्फि आवाजहरू उठिरहेका छन् । यो विधेयक हुबहु शंसोधन भएमा विदेशी नागरिकले नेपालको नागरिकता प्राप्त गर्न सहज हुनेछ । सहजै नागरिकता बाँड्ने हो भने मुलुकको राष्ट्रियता खतरामा मात्र होइन, देशकै अस्तित्व नरहन सक्ने चिन्ता विज्ञहरूबाट आएको छ ।

निश्चय पनि नागरिकता मानव समुदायको वैधानिक पहिचान हो । हरेक मुलुकले आ–आफ्नो सार्वभौमिकता र अखण्डतालाई ध्यान दिएर कुनै पनि अनागरिकले नागरिकता पाउने स्थिति रहनु हुँदैन र कुनै पनि मान्छे राज्यविहिन र नागरिकताविहिन हुने स्थिति रहनु पनि हुँदैन भन्ने कुरामा ख्याल राख्ने गर्छन् । नेपालको तराईमा नागरिकताको ठूलो समस्या देखाईंदै आएको स्थितिमा राज्य कहिल्यै संवेदनशील बन्न चाहेन । नीति बनाउने र नेतृत्व गर्नेहरूको ध्यान सहि रुपमा जान नसकेका कारण मधेशका बासिन्दाले शाषकहरूलाई ‘पहाडीया शासक’ का रुपमा सम्बोधन गर्दै आए । राष्ट्रपति, उपराष्ट्रपति र प्रभावशाली मन्त्री समेत मधेशले पाइसक्दा पनि मधेशमा लोकतन्त्र नआएको र राज्यको अभिभावकत्व नपाएको आरोप मधेशवादी नेताहरूबाट लगाइँदै आएको छ ।

नागरिकताको मुद्धा मधेशसँग मात्र जोडिएको होइन, महिलासँग मात्र पनि होइन र एनआरएनसँग मात्र पनि होइन, यो त राज्य र नागरिकसँग जोडिएको विषय हो । रगत, माटो, विवाह र योगदान जस्ता नागरिकता प्राप्तिका मुख्य आधारलाई मुलुकको भू–अवस्थिति सँग जोेडेर यस सम्बन्धमा राष्ट्रिय नीति बनाउन ध्यान दिइकनु पर्दथ्र्यो । जिम्मेवार भएर संवेदनशील काम गर्न चुकेकै कारण हामीले संबैधानिक र कानुनी रुपमा गल्तीहरू थप्दै आएका छौं । नागरिकताको विषय आरोप–प्रत्यारोपको विषय पनि होइन र बाँड्दै हिड्ने प्याकेज पनि होइन । सुस्पष्ट राष्ट्रिय दृष्टिकोणका आधारमा नीति र ऐन बनाएर नागरिकको अपनत्व राष्ट्रसँग जोड्ने कुरामा ख्याल गरिनु पर्दछ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितता तथा बैज्ञानिक समाजवादको यात्रासहित नेपालको समृद्धि र सुखी नागरिक बनाउने प्रतिवद्धता वर्तमान सरकारले दोहो¥याएको छ । इतिहास बोकेको शसक्त पार्टी प्रमुख प्रतिपक्षमा छ । हिमाल – पहाड – तराईको एकतामालामा राष्ट्रलाई गाँस्न सरकार, प्रतिपक्ष र सबै सरोकारवाला गम्भीर बन्न जरुरी छ । संशोधनका लागि प्रस्तावित विधेयकका विषयमा देशभक्त नागरिक र विज्ञहरूबाट आएको सुझाव निकै महत्वको रहेकाले संशोधनका लागि हतार नगरौं ।

वि.सं.२०७५ माघ २८ सोमवार १६:०३ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...