back
CTIZAN AD

दिल्लीमा पत्रकारहरु सम्मानित

वि.सं.२०७५ फागुन ३ शुक्रवार

573 

shares

३ फागुन, नयाँदिल्ली । भारतको राजधानी दिल्लीको नजिकैरहेको सुप्रख्यात माड़वा स्टुडियोमा सातौ ग्लोवल अन्तर्राष्ट्रिय पत्रकार सम्मान समारोह विहिबार भब्यरुपमा सम्पन्न भएको छ ।

चेक गणराज्य, बोस्नीया र हर्जगोविना, अजर बैजान, लगायत देशका राजदूतहरुको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा भारतका बिभिन्न क्षेत्रबाट आएका चर्चित पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

तीन दिनसम्म चलेको सातौ अन्तराष्ट्रिय ग्लोवल जर्नलिस्ट सेन्टरका अध्यक्ष सन्दीप माडवाले यस सम्मान समारोहलाई सम्बोधन गर्दै अहिलेको आधुनिक युगमा पत्रकारिता भन्ने विषय महत्वपूर्ण भएको बताएका थिए ।

वर्तमान अवस्थामा पत्रकारहरुले आफ्नो जिम्मेवारी सागठनिक रुपमा लिनुपर्ने बताउँदै समाजमा पत्रकारहरूको सर्वश्रेष्ठ भूमिका रहेको बताए । उनले जनताको समस्यालाई उजागर गर्नको निम्ति पत्रकारिताले निभाउनुपर्ने धर्म अहिले विलिप्त हुन थालेको बताउँदै त्यसलाई बचाउन सबै पत्रकारहरु एकजुट हुन आवश्क रहेको बताए ।

सोहि अवसरमा न्यूजपेपर एसोसियसन अफ इण्डियाका महासचिव बि पिन गोरड़ले उपस्थिति पत्रकारहरूलाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने उद्धेश्यका साथ पत्रकारिता क्षेत्रको विकासका लागि आफू लागिपरेको बताएका थिए ।
सोहि अवसरमा भारतका विभिन्न क्षेत्रबाट आएका पत्रकारलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा एफ न्यूजका चिफ एडिटर रसिद हसमि, इण्डिया न्यूजका चिफ एडिटर अजय शर्मा, लगायत पूर्वउत्तर क्षेत्रका चर्चित पत्रकार हाम्रो प्रजाशक्तिका पत्रकार राजेश शर्मा गोर्खा सर्वोत्तम बेस्ट पत्रकारका रुपमा सम्मनित गरिएको थियो ।

त्यसैगरी पहाडी क्षेत्रबाट पत्रकारहरुलाई एकजुट बनाएर राम्रो काम गरिरहेकोमा पूर्वउत्तर क्षेत्रका सर्वोत्तम क्लब कालेबुङ्ग प्रेसलाई अन्तराष्ट्रिय पत्रकार महासघंको आजीवन सदस्यता दिदै रक्षात्मक नामले सम्मान गरिएको थियो ।

सोहि अवसरमा हेल्प नेपाली मिसनका अध्यक्ष कवी कार्कीलाई मानव तस्करीका विरुद्ध सक्रिय भएर काम गरेको भन्दै सम्मान गरिएको थियो ।

सो अवसरमा इण्डिया न्यूजका चिफ एडिटर अजय शर्माले पत्रकारहरुले भारतको विभिन्न प्रान्तमा गएर देश र जनताको हितका लागि आफ्नो कलम चलाएकोमा सम्मान गरिएको बताएका थिए ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १५:२१ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...