back
CTIZAN AD

फेरिँदै छ बडघर प्रणाली

वि.सं.२०७५ फागुन ९ बिहीवार

690 

shares

 

९ फागुन,टीकापुर  । कैलालीका थारू समुदायमा पुर्खादेखि चल्दै आएको बडघर प्रणालीमा सुधार हुन थालेको छ । अचेल बडघरलाई कार्यसमितिमा परिवर्तन गर्न थालेका छन् थारुबहुल जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा समुदाय परिचालनका लागि हरेक गाउँमा एक जना बडघर, चिराकी, चौकीदार, गुरुवा र केशौका राख्ने परम्परा रहिआएको छ । गाउँको न्याय छिन्ने अद्र्धन्यायिक अधिकार पाएको बडघरलाई सघाउन गाउँको सूचनादाताकै रुपमा चिराकी, धार्मिक तथा रोगव्याध लागे झारफुक गर्ने गुरुवा र गुरुवाको सहयोगका लागि केशौकाको व्यवस्था गरिएको हुन्छ ।

“एक्लैले निर्णय दिँदा गाह्रो भयो, कहिलेकाहीँ दबाब पनि आउन थाल्यो त्यसैले बहुपदीय प्रणालीमा गएका हाँै, टीकापुर नगरपालिका–६ लक्षिनापुरका नयाँ बडघर रामकृष्ण चौधरीले भने, “हिसाब किताब पारदर्शी बनाउन कोषाध्यक्ष र लेखापढीका लागि सचिवको व्यवस्था गरेका छौँ ।”

थारू समुदायमा सामूहिक कार्य गर्न, नयाँ नियम लागू गर्दा वा सल्लाह गर्न आम भेला बोलाउनै पर्छ । ससानो कामका लागि पनि सयौ जनाको भेला गर्दा पाइने दुःख घटाउन पनि हरेक टोललाई समेटेर ११ सदस्यीय बडघर कार्य समिति चयन गरिएको र त्यसले निर्णय गरी लागू गर्ने बडघर रामकृष्णको भनाइ छ ।

एक सय २५ घरधुरी भएको लक्षिनापुरमा रहेको बडघर यस वर्ष पहिलो पटक कार्यसमिति प्रणालीमा गएको हो । लक्षिनापुरमा धार्मिक विविधता भएकाले गुरुवालाई भने प्रणालीबाट हटाइएको छ ।

कतिपय गाउ“मा थारु अगुवाहरु बडघर बन्न मानिरहेका छैनन् । २०७२ साल भदौमा भएको टीकापुर घटनाका बेला गाउ“लेलाई कार्यक्रममा सहभागी गराउन उर्दी गरेको भन्दै स्थानीय प्रशासनबाट बडघरहरुले तनाव झेल्नुपरेको थियो ।

जानकी गाउँपालिका–४ कञ्चनपुरमा बडघर कार्यसमिति गठन भएको छ । टोलटोलमा अगुवा छानेर, गाउँका सबै मिली सल्लाहले काम गर्न सजिलो होस् भनेर २४ को कार्यसमिति र पाँच सल्लाहकार चयन गरिएको बडघर सीताराम कठरियाले बताए।

थारू गाउ“मा चिराकी, गुरुवा, केशौकाको पारिश्रमिकका लागि तिहाइ ९ज्याला वापत हरेक घरबाट दिने धान० उठाउने चलन छ । यस्तै कुलापानी कर र विभिन्न जरिवाना वापतको पैसा पनि उठ्छ । पुरानो चलनमा सबै जिम्मेवारी बडघरकै हुने र वर्षभरिको हिसाब पनि सम्झना नहुँदा विवाद हुने गरेको छ । अघिल्ला वर्ष बडघर एक्लैले हिसाब राम्ररी नराखेकाले विवाद भएको र गतवर्ष कार्यसमिति गठन भएकाले प्रणालीमा सुधार आएको जानकी गाउँपालिकाको खर्गौलीका सन्तलाल चौधरी बताउँछन्। पहिले बडघरले समाजसेवाका रुपमा काम गर्दै आए पनि अचेल वार्षिकरुपमा पारिश्रमिकसमेत लिन थालेका छन् ।

थारू नागरिक समाज कैलालीका संयोजक दीलबहादुर चौधरी एकल बडघर हुँदा एकलौटी निर्णय हुने खतरा बढी हुने र कार्यसमिति मार्फत जाँदा प्रणाली व्यवस्थित भइरहेको बताउँछन् । “संस्कृति रुपान्तरण भइरहेको छ”, चौधरीले भने, “तुलनात्मक रुपमा राम्रो छ । धनगढी उपमहानगरको जाईँ गाउँका बडघरलाई वार्षिक रु २९ हजार खर्च दिने निर्णय पनि भएको छ ।”

जोशीपुर गाउँपालिका बडघर कार्यसमितिका अध्यक्ष जगतराम चौधरीले जनप्रतिनिधि आइसकेपछि न्यायिक समिति गठन भएर विवाद समितिमा जाने र केही विवाद मेलमिलाप केन्द्रमा जाने भएकाले काम घटेको बताए । बडघरलाई ठाउँअनुसार भलमन्सा, महटवा“, ककन्डार, महत्तौं र चौधरी पनि भन्ने चलन छ ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १२:३७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...