back

थाइल्याण्डका एक लाख २० हजार मतदाताले देश बाहिरबाटै मतदान गर्ने

वि.सं.२०७५ फागुन ९ बिहीवार

441 

shares
GLOBAL IME AD
NTC AD

९ फागुन,बैङ्कक (रासस/सिन्ह्वा) । थाइल्याण्डमा हुन लागेको निर्वाचनका लागि झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने भएका छन् ।

आगामी मार्च २४ तारिखका दिन हुने आम निर्वाचनमा उनीहरूलाई देश बाहिरबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले एक लाख १९ हजार १८४ जनाले विदेशबाट मतदान गर्नेगरी मतदाता नामावली तयार भएको जानकारी दिएको हो ।

आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् ।मतदान गर्ने प्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन् । अष्ट्रेलियामा १६ हजार १८३ जना र अमेरिकामा १५ हजार १० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी तेस्रो धेरै मतदाता भएको मुलुकमा चीन परेको छ, जहाँ थाइल्याण्डका दश हजार ९९६ जना मतदाता रहेका छन् ।निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दिएको अन्तिम नामावलीअनुसार देशभरी दश हजार ७९२ जना उम्मेदवार हुने भएका छन् ।थाइल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको सङ्ख्या भने पाँच सय रहेको छ ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १२:४१ मा प्रकाशित

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

याङ्गुन । म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको...

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

इस्लामावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा...

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत...

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार...

ब्राजिलका   पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका  पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया ।  ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र...

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग...