back
CTIZAN AD

१०२ वर्षीया बृद्धाले क्लिन्टनलाई मतदान गर्ने

वि.सं.२०७३ कात्तिक १७ बुधवार

951 

shares

प्रेस्कट (एरिजोना), १७ कात्तिक । संयुक्त राज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्तहुनुपूर्व सन् १९१४ मा जन्मेकी, प्रेस्कट, एरिजोना निवासी एकजना वृद्धाले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्ने दृढता पुनः सार्वजनिक गरेकी छिन् ।

यस अघि सम्पन्न एउटा नमूना मतदान कार्यक्रममा क्लिन्टनको समर्थनमा सर्वप्रथम मत ब्यक्त गर्न हतारिने १०२ वर्षीया ज्येष्ठ नागरिक जेरी इमेटले आफूलाई पछ्याई महिला मताधिकार सदुपयोग गर्दै क्लिन्टनलाई जिताउन एरिजोनानिवासी सबै महिलाहरुलाई पनि आह्वान गरिन् ।
अमेरिकी संविधानको १९ औं संसोधनपश्चात् सन् १९२० को अगस्ट महिनामा महिलालाई पनि मताधिकार प्रदान गरिने बिधेयक स्वीकृत भएपछि आफू ६ वर्षकी हुँदा आफ्नी आमा पहिलोपटक मतदान गर्न गएको दिन स्मरण गर्दै खास निर्वाचनको दिन मतदान केन्द्र खुल्नासाथै शुरुमै गई क्लिन्टनको पक्षमा भोट खसाल्दै एउटी अमेरिकी महिलाले अर्की अमेरिकी महिलालाई जिताउन नेतृत्व लिने पनि उनले बताइन् ।
गतः जुलाई महिनामा फिलाडेल्फियामा डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलन हुँदा यिनले “हिलारीलाई शताव्दि महिलाको आशीर्वाद” भन्ने वाक्य लिखित शान्ति र स्थिरताको प्रतिक नीलो र सेतो रंगको झण्डा बोक्दै क्लिन्टनको स्वागत गर्न गएकी थिइन् । उनको यस्तो उत्साह र हिलारी–मोहलाई त्यतिखेर धेरैजसो सञ्चार माध्यमले प्रमुखताका साथ प्रचार गरेका थिए ।
“अमेरिकामा प्रथम महिला राष्ट्रपति बनाउनका लागि मतदान गर्न व्यग्रता पूर्वक जीवनको सम्पूर्ण आयु व्यतीत गर्दै प्रतिक्षा गर्दा गर्दा बल्लबल्ल सपना पूरा हुन लागेकाले क्लिन्टनलाई मतदान गर्ने खास दिन अधैर्यताका साथ पर्खिरहेको” भनी अवकाशप्राप्त शिक्षिका जेरी बताउँछिन् । रासस÷एपी

वि.सं.२०७३ कात्तिक १७ बुधवार १०:०४ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...