back

१०२ वर्षीया बृद्धाले क्लिन्टनलाई मतदान गर्ने

वि.सं.२०७३ कात्तिक १७ बुधवार

546 

shares
IME Limited
NTC AD

प्रेस्कट (एरिजोना), १७ कात्तिक । संयुक्त राज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्तहुनुपूर्व सन् १९१४ मा जन्मेकी, प्रेस्कट, एरिजोना निवासी एकजना वृद्धाले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्ने दृढता पुनः सार्वजनिक गरेकी छिन् ।

यस अघि सम्पन्न एउटा नमूना मतदान कार्यक्रममा क्लिन्टनको समर्थनमा सर्वप्रथम मत ब्यक्त गर्न हतारिने १०२ वर्षीया ज्येष्ठ नागरिक जेरी इमेटले आफूलाई पछ्याई महिला मताधिकार सदुपयोग गर्दै क्लिन्टनलाई जिताउन एरिजोनानिवासी सबै महिलाहरुलाई पनि आह्वान गरिन् ।
अमेरिकी संविधानको १९ औं संसोधनपश्चात् सन् १९२० को अगस्ट महिनामा महिलालाई पनि मताधिकार प्रदान गरिने बिधेयक स्वीकृत भएपछि आफू ६ वर्षकी हुँदा आफ्नी आमा पहिलोपटक मतदान गर्न गएको दिन स्मरण गर्दै खास निर्वाचनको दिन मतदान केन्द्र खुल्नासाथै शुरुमै गई क्लिन्टनको पक्षमा भोट खसाल्दै एउटी अमेरिकी महिलाले अर्की अमेरिकी महिलालाई जिताउन नेतृत्व लिने पनि उनले बताइन् ।
गतः जुलाई महिनामा फिलाडेल्फियामा डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलन हुँदा यिनले “हिलारीलाई शताव्दि महिलाको आशीर्वाद” भन्ने वाक्य लिखित शान्ति र स्थिरताको प्रतिक नीलो र सेतो रंगको झण्डा बोक्दै क्लिन्टनको स्वागत गर्न गएकी थिइन् । उनको यस्तो उत्साह र हिलारी–मोहलाई त्यतिखेर धेरैजसो सञ्चार माध्यमले प्रमुखताका साथ प्रचार गरेका थिए ।
“अमेरिकामा प्रथम महिला राष्ट्रपति बनाउनका लागि मतदान गर्न व्यग्रता पूर्वक जीवनको सम्पूर्ण आयु व्यतीत गर्दै प्रतिक्षा गर्दा गर्दा बल्लबल्ल सपना पूरा हुन लागेकाले क्लिन्टनलाई मतदान गर्ने खास दिन अधैर्यताका साथ पर्खिरहेको” भनी अवकाशप्राप्त शिक्षिका जेरी बताउँछिन् । रासस÷एपी

वि.सं.२०७३ कात्तिक १७ बुधवार १०:०४ मा प्रकाशित

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...