back
CTIZAN AD

नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह गर्दै क्युबा

वि.सं.२०७५ फागुन १३ सोमवार

582 

shares

१३ फागुन, हवाना । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ ।

चुनावको परिणाम आइतबार प्राप्त हुने अपेक्षा गरिएको छ । “हामी क्युबालीले नयाँ संविधान, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा उदाहरण प्रस्तुत गर्नका लागि मतदान गर्दैछौं,” राष्ट्रपति मिगेल डायाज–कनेलले मतदानका क्रममा बताए ।

“हामी भेनेजुएलाका लागि पनि मतदान गर्दैछौं, हामी भेनेजुएलाको पक्षमा छौँ किनभने भेनेजुएलामा यस महादेशकै सबैभन्दा ठूलो नाटक मञ्चन भइरहेको छ ।”

राष्ट्रपति डायाजले चिली, कोलम्बिया र पाराग्वेका राष्ट्रपतिहरुले भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोको समर्थन गरेकाप्रति पनि आक्रोश पोखे । “कोलम्बियाको सीमामा केही राष्ट्रपति छन् र तिनीहरु हासोका पात्रजस्ता देखिएका छन् ।”

क्युबाले भेनेजुएलाका लागि अन्तरराष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेको छ । क्युबाले अमेरिकी सैनिक अतिक्रमणको विरोध गरिरहेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले भेनेजुएलाको सीमामा ल्याइएको मानवीय सहायतालाई आफ्नो देशविरुद्धको अमेरिकी कदमको संज्ञा दिनुभएको छ । यस्तो सहायता अधिकांश अमेरिकाबाटै भेनेजुएला सीमामा पु¥याइएको छ ।

क्युबाली अधिकारीले करिब ८० प्रतिशतले मतदान गरेको बताएका छन् । सत्तारुढ कम्युनिष्ट पार्टीका प्रथम सचिवको शक्तिशाली पदमा आसिन पूर्वराष्ट्रपति राउल क्यास्ट्रोले पनि बिहानै मतदान गरेका थिए ।

अमेरिकी सिनेटर मार्को रुबियोले क्युबाको तथाकथित जनमतसङ्ग्रह सत्तामा आफ्नो पकड अझ बलियो बनाउने कुत्सित मनसायबाट गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सन् १९७६ को संविधानलाई प्रतिस्थापन गर्ने नयाँ संविधानले पनि स्वतन्त्र बजार र निजी लगानीलाई सीमित गर्नेछ । यी दुबै कार्य कम्युनिष्ट पार्टीले मात्र सञ्चालन गर्न पाउनेछ ।

साथै, संविधानले समाजवाद मुलुकको एकमात्र विचारधारा हुने परिकल्पना गरेको छ । यो धारणामाथि क्याथोलिक चर्चले आपत्ति जनाएको छ ।

क्युबाका प्रतिबन्धित विपक्षीले भने यसपटक मतदान बहिस्कार गरेका थिए । यस जनमतसङ्ग्रहमा दुईवटा विकल्प मात्र दिइएको थियोः नयाँ संविधानको पक्ष वा विपक्ष अर्थात् हुन्छ वा हुन्न ।

वि.सं.२०७५ फागुन १३ सोमवार १८:३२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...