
१४ फागुन, काठमाण्डौं । सरकारले प्रमुख कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षदेखि १४ वटा कार्यक्रम लागू गर्ने भएको छ । यी कार्यक्रम मार्फत रोजगारी सिर्जना र व्यापार घाटा न्यूनिकरण गर्ने उद्धेश्य लिइएको छ ।
कृषि तथा पशुपंछी विकास मन्त्रालयले २०७६ देखि २०८० सम्म लागू गर्ने गरी ९७ अर्ब ७५ करोड रुपैयाँ लागतमा १४ वटा आयोजना सञ्चालनमा ल्याउन लागेको हो । प्रधानमन्त्री कार्यालयमा आइतबार प्रधानमन्त्री केपी शर्मा समक्ष कृषि मन्त्रालयले प्रस्तुतिकरण गर्दै आयोजना सार्वजनिक गरेको हो ।
१४ वटै आयोजना पारदर्शी रुपमा सञ्चालनमा आए २२ हजार ६ सय ६० जनाले स्थायी र २५ हजारले आशिंक रोजगारी पाउने छन् । यस्तै यी कार्यक्रमले एक हजार ७ सय ५३ वटा उत्पादनमूलक नयाँ व्यवसायिक फार्म निर्माण भएर सञ्चालनमा आउने छन् । यसैगरी बर्सेनि दुई अबत्र्र १५ करोड आयआर्जन गर्ने बाटो खुल्नुका साथै एक करोड ३२ लाख टन मासु उत्पादन हुनेछ । मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा राजेश बर्माले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १४ मंगलवार ०७:४९ मा प्रकाशित






























