back
CTIZAN AD

इन्स्टाग्रामबाट जानकारी दिदैं इरानी विदेशमन्त्रीद्धारा राजीनामा

वि.सं.२०७५ फागुन १४ मंगलवार

681 

shares

१४ फागुन, तेहरान । सिन्ह्वा इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका थिए ।

उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेका छन् ।

जारिफले आफूले जनताको चाहनाअनुसार काम गर्न नसकेकाले पदबाट राजीनामा दिएको भन्दै इन्स्टाग्राममा स्टाटस लेखेका छन् । उनले सन् २०१५ मा विश्वका शक्ति राष्ट्र र अमेरिकाबीचको आणविक सम्झौताको समयमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले अहिले किन राजीनामा दिएका हुन् । भन्ने बारेमा केही जानकारी दिइएको छैन । विदेशमन्त्री जारिफले सन् २००२ देखि सन् २००७ सम्म इरानका लागि संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १६:५४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...