back
CTIZAN AD

मरुस्थलीको रुवाइ र नेपाली राजनीतिज्ञ

वि.सं.२०७५ फागुन १५ बुधवार

690 

shares

काठमाण्डौ उपत्यका भित्र नेवार समुदायमा कसैको मृत्यु हुन गएमा नाता सम्बन्ध भित्रका छोरी चेलीहरु डाको छोडेर रुँदै विलाप गर्दै मृतकको घरमा पुग्छन् । यसरी महिलाहरु बजारमा कतै रुँदै गएको देखेमा कसैको मृत्यु भएको सहज अन्दाज गर्न सकिन्छ । निकै नजिकका नातेदारमा यो रुवाइ सक्कली पनि हुन सक्ला तर अलि परका कुटुम्बमा यो एउटा औपचारिकता जस्तो पनि लाग्छ ।

छिमेकी भारतका केही ठाउँमा कसैको मृत्युमा किरायामा रुने मान्छे बोलाउने परम्परा नै छ । अथवा विवाह या कुनै शुभकार्यमा जसरी नाच्ने गाउने टोलीलाई पैसा कबुल गरेर कला प्रदर्शनका लागि बोलाउन सकिन्छ ठीक त्यसैगरी कसैको मृत्युमा रोइदिनका लागि पनि पेशेवर रोदन मण्डली बोलाइन्छन् र तोकेको पैसा तिर्नेगरी उनीहरुलाई ‘हायर’ गर्न सकिन्छ । आफूले पाउने पैसा अनुसार नै उनीहरुले रुवाइको शैली अपनाउँछन् । खासगरी पश्चिम भारतको मरुस्थली क्षेत्रमा यसरी किरायामा रोइदिन जाने एउटा व्यवसायिक परम्परा नै छ । जसको मृत्युमा जति प्रखर र मार्मिक विलाप हुन्छ समाजमा उ त्यतिनै ठूलो र सम्मानित मान्छे मानिन्छ ।

रोएर कुन्नि के जाती पाइन्न भन्थे । तर रोदनको यो कला नेपालको राजनीतिमा पनि बेलाबेला प्रयोग हुँदै आएको छ । राजनीतिमा जब गूट आवद्धता, मैत्री, अनुनय, प्रभाव र घुर्की जस्ता कुनै अस्त्र काम लाग्दैनन् यही रोदन नै अन्तिम विकल्प बनेर आउँछ ।
यस्ता रुञ्चे राजनीतिज्ञ नेपालमा पनि अहिलेसम्म प्रशस्त भइसकेका छन् । फरक कतिमात्रै हो भने नेता र नेत्रीहरु जनताका लागि कहिल्यै रोएका छैनन् बरु सधै आफ्नै निजी हितका लागि र आफै अघि सरेर रोदनको कृत्य सम्पन्न गरेका छन् । धेरै पुराना घटनाको जिकिर नगरे पनि पछिल्लो समयमा तत्कालिन सांसद पद्मरत्न तुलाधर, तत्कालिन मन्त्री हरिबोल गजुरेल र नेकाका नेता धनराज गुरुङ्गको सार्वजनिक भक्कानो विशेष चर्चित भएको हो हालैे मात्रै एउटी नेतृले फेरि रोदनको सफल सार्वजनिक प्रदर्शन गरेकी छन् । तर कठिनाइ यो हो कि यस्ता रोदनहरुले परिणाम भने दिएका छैनन । अब पनि कुन्नि !

वि.सं.२०७५ फागुन १५ बुधवार १२:१२ मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...