back
CTIZAN AD

भारत र पाकिस्तान बीच युद्ध होला ?

वि.सं.२०७५ फागुन १५ बुधवार

642 

shares

जे जति प्रचार भैरहेको छ, त्यो दुबै देशका शासक वर्गले आफ्ना देशका जनतालाई झुक्याउन र भ्रममा राखेर शोषण अत्याचारपूर्ण व्यवस्था कायम राख्न गरिएको प्रचार युद्ध मात्र हो ।

फागुन १४ गते भारतका लडाकू विमानहरुले पाकिस्तानमा गएर वम आक्रमण गरेपछि भारत र पाकिस्तानका विच ठुलो युद्ध होला कि भन्ने चिन्ता छाएको छ । तर युद्ध विज्ञान तथा राजनीतिको ऐतिहासिक वस्तुगत आधारलाई विश्लेषण गर्ने हो भने यी दुई देशहरुका विच ठुलो युद्ध तत्काल भैहाल्ने सम्भावना देखिन्न ।

जे जति प्रचार भैरहेको छ, त्यो दुबै देशका शासक वर्गले आफ्ना देशका जनतालाई झुक्याउन र भ्रममा राखेर शोषण अत्याचारपूर्ण व्यवस्था कायम राख्न गरिएको प्रचार युद्ध मात्र हो ।

यसका लागि पहिला युद्ध के हो भन्ने वुझ्नु पर्दछ । युद्ध भनेको आफुलाई वचाउनु र अर्को पक्षलाई समाप्त पार्नु वा पराजित गर्नु हो । युद्धमा आक्रमण र प्रतिरक्षा दुबै पक्ष आधारभूत कुरा हो । आक्रमण मात्रले पनि युद्ध जितिन्न, प्रतिरक्षा मात्रले पनि युद्ध जितिन्न ।

आक्रमण र प्रतिरक्षा दुबैका लागि युद्धमा अनेकौं हतियार विकास गरिएको हुन्छ । मानव इतिहासमा प्राचिनकाल देखिको हतियारलाइ हेर्ने हो भने पनि यो स्पष्ट हुन्छ । शुरुमा विकास गरिएको ढाल र तरवारमा तरवारले आक्रमण गर्ने र ढालले शत्रु पक्षको आक्रमण छेकेर प्रतिरक्षा गर्ने गरिन्थ्यो । वन्दुक र बुलेट प्रुफ गाडि तथा ज्याकेटको विकास पनि आक्रमण र प्रतिरक्षाको सिद्धान्त अनुसार नै भएको छ । बम र बंकरको विकास पनि आक्रमण र प्रतिरक्षाको दोहोरो नियम अनुसार भएको छ । टैंक आक्रमण र प्रतिरक्षाको संयुक्त स्वरुप हो ।

लडाकू विमान र एन्टी एअरक्राफ्ट गन पनि आक्रमण र प्रतिरक्षाको सिद्धान्त अनुसार विकास भएको छ ।
यी हतियारहरु विकास भएको अवधी सम्म विश्वमा ठुल्ठुला युद्धहरु भए । पहिलो र दोश्रो विश्व युद्ध यहि अवधीमा भयो, जसमा करोडौं मानिसहरुको हत्या भयो ।
तर जब विश्वमा क्षेप्यास्त्र र आणविक हतियारको विकास भयो, तब देखि विश्वमा यी हतियार भएका देशहरु विच प्रत्यक्ष रुपमा ठुलो युद्ध भएको छैन । किनभने आणविक हतियारको प्रतिरक्षा गर्ने हतियारको विकास अहिले सम्म भएको छैन ।
आणविक हतियारको विकास भएपछि आणविक हतियार भएको र नभएको देशका विच ठुलो युद्ध भएको त छ, तर आणविक हतियार भएका दुई देश विच प्रत्यक्ष युद्ध ठुलो रुपमा भएको छैन । दुबै देशले एक अर्का विरुद्ध आणविक हतियार प्रयोग गरेमा दुबै देश पराजित हुने अर्थात दुबै देश ध्वस्त हुने हुँदा आणविक हतियार भएका दुई देश विच ठुलो युद्ध नभएको हो ।

भारत र पाकिस्तान दुबै संग आणविक हतियार छ । यी देशविच ठुलो युद्ध भएमा एकले अर्को विरुद्ध दुबैले आणविक हतियार प्रयोग गर्ने अवस्था आउने र दुबै देशको विनास हुन सक्ने भएकोले भारत र पाकिस्तान वीच ठुलो युद्धको अवस्था नआउने युद्ध विज्ञानको निश्कर्ष हो । किनभने युद्ध भनेको शत्रुलाई नष्ट गर्नु मात्र नभएर आफु वच्नु र विजय पाउनु पनि हो । तर आणविक युद्ध दोहोरो भएमा विजेता कोही पनि वन्न पाउने छैन ।

तर अहिले यी दुबै देशले प्रोक्सी वार अर्थात छद्म युद्ध लडिरहेका छन् । यस अन्तरगत एक अर्को देशका विरुद्ध शत्रुतापूर्ण प्रचारवाजी गर्ने, झुठा अपवाह फैलाउने, सानो परिमाणका आक्रमणहरु गर्ने, छापामार कारवाहीहरु गर्ने आदि गरिरहेका छन् ।

जबसम्म शोषक वर्गीय राज्यसत्ता भारत र पाकिस्तानमा रहन्छ, तब सम्म शासक वर्गले जनतालाई अन्धराष्ट्रवाद, जातिवाद, धर्म आदिको भ्रम दिएर आफ्नो शासनसत्ता लम्ब्याउने प्रयास गरिररहनेछ । नेपालका शासक वर्गले पनि वेलावेलामा चर्को राष्ट्रवादको नारा दिएर आफ्नो राज्यसत्ता वचाउन जनतालाई भ्रम दिने गरिरहेको छ ।
तसर्थ उत्पीडित वर्गको अन्तराष्ट्रवादी एकता र वोर्डरमा अर्को देशको जनता मार्न जानु भन्दा आफ्नै देशका शासक वर्गहरु विरुद्ध विद्रोह गर्न प्रेरित गर्ने माक्र्सवाद नै उत्पीडित जनताको सही विचारधारा हो । धार्मिक अन्धता, जातिवाद, अन्धराष्ट्रवाद आदि सबै जनताको शत्रु विचारधारा हो ।
(श्रेष्ठको सामाजिक सञ्जाल फेसबुकबाट साभार)

भारत–पाकिस्तान बीच आक्रमण सुरु भएलगत्तै नेपालमा पनि त्यसबारे बहस सुरु गर्न थालिएको छ । भारत–पाक बीच बढिरहेको द्वन्द्वलाई नेपालका पूर्व पराष्ट्र मन्त्रीहरुले नेपालले पनि आफ्नो विचार राख्नु पर्ने धारणा राखेका छन् ।

मुकुन्द कार्कीले आफ्नो फेसबुकमा पूर्व परराष्ट्र मन्त्रीहरुको विचार उल्लेख गरेका छन् । उनको स्टाटसमा लेखिएको छ । “भारत र पाकिस्तानबीचको तनावपूर्ण घट्नाक्रमका विषयमा नेपालले बोल्नुपर्ने पूर्वपरराष्ट्र मन्त्रीहरूले बताएका छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष मात्रै होइन, छिमेकी देशसँग जोडिएको देशको द्वन्द्वको विषयमा नेपालमा मौन बस्न नहुने उनीहरूको सुझाव छ ।


महेन्द्रबहादुर पाण्डे, पूर्वपरराष्ट्रमन्त्री
भारत र पाकिस्तानबीच जुन विवाद देखिएको छ, यो नयाँ समस्या होइन । भारत स्वतन्त्र भएर पाकिस्तान बनेको बेलादेखिकै विवाद हो । त्यतिबेला सीमाना निर्धारण गरेको भए तुष बाँकी रहने थिएन । भारत र पाकिस्तान दुबैले जुन जमीनमाथि दाबी गरिरहेका छन्, त्यसमा तेस्रो समूह पनि जन्मिसकेको अवस्था छ । त्यो समूह दुबै देशमा बस्न होइन, छुट्टै राज्य चाहन्छ ।
यसको अर्थ, भारत र पाकिस्तान दुई देश मिलेर मात्रै पनि यो समस्या समाधान हुने देखिँदैन । दुबै आणविक शक्ति भएका देश छन् । तर, उनीहरूले बम, गोला–बारुद पड्काएर समस्या समाधान हुँदैन । टेबुलमा बसेर दुई पक्षीय छलफल समाधान खोज्नुपर्छ ।
दुबै देश सार्कका सदस्य हुन् । सम्मेलन गर्ने जिम्मेवारी पाकिस्तानको छ । अहिलेसम्म नेपाल अध्यक्ष छ । मित्रहरू र सार्क क्षेत्रभित्र आएका विवाद भएकाले पनि हामीले समाधान होस् भन्ने चाहनु अन्यथा होइन । नेपाल शान्तिपूर्ण ढंगबाट दुबै देशसँग सम्पर्कमा रहनुपर्छ । उनीहरूले आवश्यक ठान्यो भने नेपालले सहजकर्ताको भूमिका पनि खेल्नुपर्छ ।


रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री
भारत र पाकिस्तान विभाजनसँगै जन्मिएको कास्मिर समस्यालाई इतिहासले अनिर्णित अवस्थामा छाडेको मुद्दा हो । दुबै देशका तत्कालीन नेतृत्वले दुरदर्शिता र परिपक्वता देखाउन नसक्दा यो बोझ चौथो पुस्तासम्म पनि कायम रहेको छ ।
भारत पाकिस्तानबीचको जन्मँदादेखिको शत्रुतापूर्ण सम्बन्धले गर्दा दक्षिण एशियाको विकास अवरुद्ध छ । क्षेत्रीय संगठन सार्क पनि मृत अवस्थामा छ । नेपाल दक्षिण एशियाको सबैभन्दा पुरानो राष्ट्र हो । सार्कको राजधानी पनि नेपाल नै हो । संयोगले अहिले पनि सार्कको अध्यक्ष नेपाल नै छ । यस्तो अवस्थामा अध्यक्ष नेपालले आफ्ना दुई सदस्यहरूबीचको द्वन्द्व साम्यहोस, दुई देशबीच विश्वास कायम होस् भन्ने उद्देश्य राखेर भावनात्मक नेतृत्वदायी भूमिका खेल्नुपर्दछ ।


डा प्रकाशचन्द्र लोहनी, पूर्वपरराष्ट्रमन्त्री
आणविक हतियार भएका देशहरूबीच द्वन्द्वको अवस्थामा आउनु कसैका लागि पनि सुखद कुरा होइन । भारत र पाकिस्तानमा देखिएको घटना चर्किँदै गयो भने त्यसको असर दक्षिण एसियाली देशमा पर्छ ।
दुबै देशले क्रिया र प्रतिक्रियामा गएर द्वन्द्वको दुश्चक्रमा पार्नुहुँदैन । मलाई त्यस्तो गर्ला जस्तो पनि लाग्दैन । भारत पाकिस्तानको उच्च नेतृत्व परिपक्व र अनुभवी भएकाले पनि स्थितिलाई सत्यानासतिर जान दिँदैनजस्तो लाग्छ । दुई देशबीचको कलहको असर नेपालमा नपर्ने कुरै भएन । सिंगो दक्षिण एशियामै प्रभाव पर्ने विषयमा नेपालले मुख खोल्न ढिलो गर्नु हुँदैन । दुबै देशलाई वार्ताबाट समाधान खोज्न नेपालले सुझाव दिनुपर्छ ।


डा प्रकाशशरण महत, पूर्वपरराष्ट्रमन्त्री
भारत र पाकिस्तानबीचमा देखिएको तनावको वास्तविकता के हो भन्ने केही दिनमा खुल्दै जाला । काश्मिर विवादबारे हामी सबै जानकार नै छौं । तर, कुनै पनि देशले आतंकवादलाई प्रोत्साहन र संरक्षण गर्नुहुँदैन ।
कुनै पनि देशले आफ्नो भूमि आतंकवादीलाई प्रयोग गर्न दिनुहुँदैन । अहिले देखिएको द्वन्द्वको मूल कारण आतंकवाद हो भन्नेमा सन्देह छैन । आतंकवादीले हमला गर्दा कसैले आत्मरक्षा गर्छ भने त्यसको विरोध गर्नु जरुरी छैन । नेपाल पनि आतंकवादको विरुद्धमा उभिनुपर्छ ।”

वि.सं.२०७५ फागुन १५ बुधवार १५:५२ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...