back

हिउँमा रातभरि शव कु¥यौँ

वि.सं.२०७५ फागुन १७ शुक्रवार

396 

shares
GLOBAL IME AD
NTC AD

उच्च ठाउँ भएकाले र हिमपातका कारण धेरै हिउँ थुप्रिएला कि भन्ने डर भएपनि आफूले सुरक्षाका लागि खटेका सबैलाई शान्त भएर बस्न तथा नआत्तिन आग्रह गरेको प्रनाउ थापाले सुनाए ।

१७ फागुन, काठमाडौँ । बस्ने ठाउँसमेत नभएको निकै अप्ठ्यारो भीरमा सुत्न त म्भव नै थिएन । रात भर जागा बस्यौँ, ताप्लेजुङका प्रहरी प्रमुख(प्रहरी नायब उपरीक्षक) सञ्जयसिंह थापाले सुनाए ।

पाथीभरा क्षेत्रमा हेलिकप्टर दुर्घटना भएपछि निधन भएकाहरुको शव रुँघ्न घटनास्थलमै बस्दाको क्षणबारे सुनाउँदै उनले हिउँ सहेर बडो कष्टका साथ रात कटाएको स्मरण गरे ।

बुधबार दिउँसो करिब १ जे संस्कृत, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको टोली पाथीभराको दर्शन गरे फर्कने क्रममा डाइनेटी एयरको हेलिकप्टर सिस्नेभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थल पुग्न निकै अप्ठ्यारो र करिब तीन हजार मिटरको उचाइमा रहेका कारण दुर्घटनामा निधन भएका सबै शब बुधबार ल्याउन सम्भव भएन । साँझसम्म चारवटा शब सुकेटार विमानस्थलसम्म ल्याए पनि अँध्यारो र हिमपातका कारण बाँकी तीन जनाको शब उठाउन सम्भव हुन सकेको थिएन ।

तीन जनाको शब घटनास्थलबाट ल्याउन सम्भव नभएपछि प्रनाउ थापाको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाली सेनासमेत गरी करिब ४८ जनाको टोली दुर्घटनास्थलकै जंगलमा बसेको थियो । ठाउँ अभावले शव रुँघ्न बसेको टोलीका सदस्य छुट्टछुट्टै बसेको उनले बताए । टोलसँग एउटा मात्रै पाल भएकाले सबैजना खुला आकाशमुनी बस्नु परेको थियो ।

नजिकैको फेदीबजारका बासिन्दाले ल्याइदिएका एक/एक पुरिया चाउचाउ, बिस्कुट तथा पानी पिएर सुरक्षाकर्मीले रात बिताएका थिए । जंगलमा सुकेका दाउरा फेरा परेसम्म संकलन गरी आगो बालिएको थियो ।

हिमपातका कारण चिसोले हात कठ्याङ्ग्रिएपछि ढुङ्गा वा बुट्यानको आड लिएर बस्न पनि निकै हम्मे भएको हेलिकप्टर दुर्घटनाको उद्धारका लागि काठमाडौँबाट आएका नेपाली सेनाका सीएआरटी टिमका सेनानी चिरञ्जीवी चौलागाईले अनुभव सुनाए । ‘धेरैलाई निद्रा कतिखेर पुग्छ भन्ने हुन्छ । हामीलाई निद्राको वास्ता थिएन । न भोक, न त प्यास, उज्यालो कतिखेर खेला र घटनास्थलमा रहेका बाँकी शव सुकेटारसम्म पु¥याउन सकिएला भन्ने चिन्ता रहिरह्यो’, उनले भने । उच्च ठाउँ भएकाले र हिमपातका कारण धेरै हिउँ थुप्रिएला कि भन्ने डर भएपनि आफूले सुरक्षाका लागि खटेका सबैलाई शान्त भएर बस्न तथा नआत्तिन आग्रह गरेको प्रनाउ थापाले सुनाए ।
स्रोत : आजको गोरखापत्र दैनिकबाट

वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:१६ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...