back
CTIZAN AD

हिउँमा रातभरि शव कु¥यौँ

वि.सं.२०७५ फागुन १७ शुक्रवार

669 

shares

उच्च ठाउँ भएकाले र हिमपातका कारण धेरै हिउँ थुप्रिएला कि भन्ने डर भएपनि आफूले सुरक्षाका लागि खटेका सबैलाई शान्त भएर बस्न तथा नआत्तिन आग्रह गरेको प्रनाउ थापाले सुनाए ।

१७ फागुन, काठमाडौँ । बस्ने ठाउँसमेत नभएको निकै अप्ठ्यारो भीरमा सुत्न त म्भव नै थिएन । रात भर जागा बस्यौँ, ताप्लेजुङका प्रहरी प्रमुख(प्रहरी नायब उपरीक्षक) सञ्जयसिंह थापाले सुनाए ।

पाथीभरा क्षेत्रमा हेलिकप्टर दुर्घटना भएपछि निधन भएकाहरुको शव रुँघ्न घटनास्थलमै बस्दाको क्षणबारे सुनाउँदै उनले हिउँ सहेर बडो कष्टका साथ रात कटाएको स्मरण गरे ।

बुधबार दिउँसो करिब १ जे संस्कृत, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको टोली पाथीभराको दर्शन गरे फर्कने क्रममा डाइनेटी एयरको हेलिकप्टर सिस्नेभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थल पुग्न निकै अप्ठ्यारो र करिब तीन हजार मिटरको उचाइमा रहेका कारण दुर्घटनामा निधन भएका सबै शब बुधबार ल्याउन सम्भव भएन । साँझसम्म चारवटा शब सुकेटार विमानस्थलसम्म ल्याए पनि अँध्यारो र हिमपातका कारण बाँकी तीन जनाको शब उठाउन सम्भव हुन सकेको थिएन ।

तीन जनाको शब घटनास्थलबाट ल्याउन सम्भव नभएपछि प्रनाउ थापाको नेतृत्वमा सशस्त्र प्रहरी बल, नेपाली सेनासमेत गरी करिब ४८ जनाको टोली दुर्घटनास्थलकै जंगलमा बसेको थियो । ठाउँ अभावले शव रुँघ्न बसेको टोलीका सदस्य छुट्टछुट्टै बसेको उनले बताए । टोलसँग एउटा मात्रै पाल भएकाले सबैजना खुला आकाशमुनी बस्नु परेको थियो ।

नजिकैको फेदीबजारका बासिन्दाले ल्याइदिएका एक/एक पुरिया चाउचाउ, बिस्कुट तथा पानी पिएर सुरक्षाकर्मीले रात बिताएका थिए । जंगलमा सुकेका दाउरा फेरा परेसम्म संकलन गरी आगो बालिएको थियो ।

हिमपातका कारण चिसोले हात कठ्याङ्ग्रिएपछि ढुङ्गा वा बुट्यानको आड लिएर बस्न पनि निकै हम्मे भएको हेलिकप्टर दुर्घटनाको उद्धारका लागि काठमाडौँबाट आएका नेपाली सेनाका सीएआरटी टिमका सेनानी चिरञ्जीवी चौलागाईले अनुभव सुनाए । ‘धेरैलाई निद्रा कतिखेर पुग्छ भन्ने हुन्छ । हामीलाई निद्राको वास्ता थिएन । न भोक, न त प्यास, उज्यालो कतिखेर खेला र घटनास्थलमा रहेका बाँकी शव सुकेटारसम्म पु¥याउन सकिएला भन्ने चिन्ता रहिरह्यो’, उनले भने । उच्च ठाउँ भएकाले र हिमपातका कारण धेरै हिउँ थुप्रिएला कि भन्ने डर भएपनि आफूले सुरक्षाका लागि खटेका सबैलाई शान्त भएर बस्न तथा नआत्तिन आग्रह गरेको प्रनाउ थापाले सुनाए ।
स्रोत : आजको गोरखापत्र दैनिकबाट

वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:१६ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...