back
CTIZAN AD

लिबियामा निर्वाचन गर्न दुवै पक्ष सहमत : राष्ट्रसङ्घ

वि.सं.२०७५ फागुन १७ शुक्रवार

648 

shares

१७ फागुन, त्रिपोली ।  अन्तराष्ट्रिय समुदायबाट मान्यता प्राप्त लिबियाली सरकार र प्रतिस्पर्धी शक्तिशाली सैनिक नेता खालिफा हफ्तरबीच वर्षौँदेखि लिबियामा रहँदै आएको तनाव र अस्थिरताको स्थितिलाई निर्वाचनमार्फत अन्त्य गर्न सहमति बनेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको लिबियाका लागि खटिएको नियोग (यूएनएसएमआईएल) ले ट्वीट गरेको छ, “संयुक्त सरकारका नेता फायज अल–साराज र हफ्तरबीच बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भेटवार्ता भएको छ । वार्तामा उनीहरूले देशको राजनीतिक सङ्क्रमणकाललाई अन्त्य गरी देशमा स्थिरता कायम गर्ने विषयमा छलफल भई आम निर्वाचनमार्फत यसलाई अन्त्य गर्ने सहमति भएको छ ।”

उत्तर अफ्रिकी मुलुक लिबियामा सन् २०११ मा आन्दोलनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सैनिक गठबन्धनको सहयोगमा तत्कालीन तानाशाह मोहमर गद्दाफीलाई पदच्यूत गरेपछि मारिएको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त संयुक्त सरकार प्रमुखले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्नुभएको थियो । राजधानी त्रिपोलीबाट प्रशासन चलाएका अल–साराजको त्रिपोली र वरपरका क्षेत्रमा प्रभाव थियो भने हफ्तरले आफ्नै नेतृत्वमा रहेका पूर्वसैनिकको बलमा लिबियाली नेशनल आर्मी गठन गरी देशको पूर्वी क्षेत्रमा पकड जमाएका थिए ।

दुवै नेताले पेरिसको समन्वयमा सन् २०१८ को मेमा राष्ट्रिय निर्वाचन गर्ने सहमति भए पनि त्यसपछि विकसित राजनीतिक तथा भौगोलिक सीमा विवादका कारण निर्वाचन कहिले गर्ने सहमति बन्न सकेको थिएन । निर्वाचन सन् २०१९ को अन्त्यसम्ममा गर्ने सहमति पनि भएको बताइएको छ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:१७ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...