back

लिबियामा निर्वाचन गर्न दुवै पक्ष सहमत : राष्ट्रसङ्घ

वि.सं.२०७५ फागुन १७ शुक्रवार

384 

shares
GLOBAL IME AD
NTC AD

१७ फागुन, त्रिपोली ।  अन्तराष्ट्रिय समुदायबाट मान्यता प्राप्त लिबियाली सरकार र प्रतिस्पर्धी शक्तिशाली सैनिक नेता खालिफा हफ्तरबीच वर्षौँदेखि लिबियामा रहँदै आएको तनाव र अस्थिरताको स्थितिलाई निर्वाचनमार्फत अन्त्य गर्न सहमति बनेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको लिबियाका लागि खटिएको नियोग (यूएनएसएमआईएल) ले ट्वीट गरेको छ, “संयुक्त सरकारका नेता फायज अल–साराज र हफ्तरबीच बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भेटवार्ता भएको छ । वार्तामा उनीहरूले देशको राजनीतिक सङ्क्रमणकाललाई अन्त्य गरी देशमा स्थिरता कायम गर्ने विषयमा छलफल भई आम निर्वाचनमार्फत यसलाई अन्त्य गर्ने सहमति भएको छ ।”

उत्तर अफ्रिकी मुलुक लिबियामा सन् २०११ मा आन्दोलनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सैनिक गठबन्धनको सहयोगमा तत्कालीन तानाशाह मोहमर गद्दाफीलाई पदच्यूत गरेपछि मारिएको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त संयुक्त सरकार प्रमुखले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्नुभएको थियो । राजधानी त्रिपोलीबाट प्रशासन चलाएका अल–साराजको त्रिपोली र वरपरका क्षेत्रमा प्रभाव थियो भने हफ्तरले आफ्नै नेतृत्वमा रहेका पूर्वसैनिकको बलमा लिबियाली नेशनल आर्मी गठन गरी देशको पूर्वी क्षेत्रमा पकड जमाएका थिए ।

दुवै नेताले पेरिसको समन्वयमा सन् २०१८ को मेमा राष्ट्रिय निर्वाचन गर्ने सहमति भए पनि त्यसपछि विकसित राजनीतिक तथा भौगोलिक सीमा विवादका कारण निर्वाचन कहिले गर्ने सहमति बन्न सकेको थिएन । निर्वाचन सन् २०१९ को अन्त्यसम्ममा गर्ने सहमति पनि भएको बताइएको छ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:१७ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ, युक्रेन । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमवार भएको रुसी...

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

हनोई । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी...