
१८ फागनु, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले आफूमाथि फेरि अर्को षड्यन्त्र सुरु भएको भन्र्दै आक्रोश व्यक्त गरेका छन् । गौतमले शनिबार सामाजिक सञ्जालमार्फत आफू विरुद्ध फेरि कुत्सित प्रचार सुरु भएको भन्दै त्यसको प्रतिकार गरेका छन् ।
आफ्ना प्रिय कमरेड रविन्द्र अधिकारीको मृत्युबाट ठूलो धक्का महशुस गरेको कारण श्रद्धाञ्जली दिन पोखरा पुगेको विषयलाई लिएर उपनिर्वाचनको हल्ला गरिहाल्ने र त्यसमा उम्मेदवारको आशा राखेको प्रचार गर्नेहरुलाई कडा जवाफ दिँदै उनले ‘निकृष्ट र षड्यन्त्रमुलक’ भएको बताएका छन् । यस्तो संवेदनशिल घडिमा पार्टीले नै उम्मेदवार बन्न दबाब दिए पनि आफू नबन्ने बरु स्व. रविन्द्रको परिवार(विद्या भट्टराई)लाई उम्मेदवार बनाउन लागि पर्ने बताएका छन् ।
उनले यस्तो लेखेका छन् –
वि.सं.२०७५ फागुन १८ शनिवार १०:२८ मा प्रकाशित






























