
१८ फागुन, काठमाडौँ । शुक्रबार राती दार्चुलामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । नेपाल प्रहरीका अनुसार १ नाबालक सहित ११ जनै मृतकको पहिचान खुलेको हो ।
सनाखत भएको मृतकको नामावली विवरण :
१) जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने बर्ष अन्दाजी ४१ को कल्यान सिंह बडाल
२) जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने बर्ष अन्दाजी १७ की निर्मला बडाल
३) जिल्ला दार्चुला दुहु गाउपालिका २ हिकिला बस्ने बर्ष अन्दाजी ३५ की पारुली धामी
४) जिल्ला दार्चुला दुहु गाउपालिका १ बस्ने बर्ष अन्दाजी २४ को धन बहादुर बम
५) जिल्ला दार्चुला दुहु गाउपालिका ४ दोला बस्ने बर्ष अन्दाजी ५५ की अम्मरा बम
६) जिल्ला दार्चुला दुहु गाउपालिका ४ दोला बस्ने बर्ष अन्दाजी ७ की आयुसा बम
७) जिल्ला दार्चुला दुहु गाउपालिका १ पिपलचौरी बस्ने बर्ष अन्दाजी ४५ की गोमती बम
८) जिल्ला दार्चुला दुहु गाउपालिका १ पिपलचौरी बस्ने बर्ष अन्दाजी ७१ की धना बम
९) जिल्ला बैतडी दोगडा केदार ६ सित्तड बस्ने बर्ष ६० को प्रताप बहादुर चन्द
१०) जिल्ला बैतडी दोगडा केदार ६ सित्तड बस्ने बर्ष २१ की सिन्याहा बम
११) जिल्ला दार्चुला दुहु गाउपालिका १ बस्ने बर्ष अन्दाजी ५३ की मानमती बम
शुक्रबार दार्जुला महाकाली नगरपालिका वडा नं ४ बाङ्गाबगरबाट दुहु गापा तर्फ जादै गरेको म १ ज २८० नं जिप दार्चुला दुहु गापा ३ राताकाठा भन्ने स्थानमा रोडबाट अन्दाजी २०० मिटर तल खस्न गई १ जना नाबालिका सहित ११ जनाको मृत्यु भएको थियो ।
सो दुर्घटनामा सवारी चालक दिपकसिह धामी घाइते भएका थिए भने उनलाई उपचारका लागी भारतको पिथौरागढ रिफर गरिएको बताइएको छ ।
वि.सं.२०७५ फागुन १८ शनिवार ११:२१ मा प्रकाशित






























