back
CTIZAN AD

खतरनाक मृत्यु !

वि.सं.२०७५ फागुन १८ शनिवार

714 

shares

जीवन बर्गीय हुन्छ भन्छ भने कोही
उसलाई सोध्नु छ
मरण किन बर्गीय हुँदैन
जीवनको उत्सवजस्तै
मृत्युको शोक पनि किन बर्गीय हुँदैन ?

सत्ताधारी र विद्रोही
सँगै रुने मृत्यु
अहो, यस्तो चमत्कार सँधै हुदैन !
यस्तो जादु सवै देशमा हुदैन
त्यस्तो यस्तै मौसममा हुन्छ
र त्यो नेपालमा मात्र हुन्छ !

केही शोकहरूले
सार्वभौम बनेको भ्रम दिन्छन
भ्रमको माहोलमा एक क्षण
निलम्वित हुन्छ मार्क्सवाद
लापत्ता हुन्छ बर्ग
निरिह हुन्छ पक्षधरता
र एउटै लयमा
हिक्क हिक्क गर्छ देश !

मलाई कसैको असमायिक मृत्यु
यस कारण खतरनाक लाग्छ
त्यसको लपेटामा परेर
विचारधाराले समेत आत्महत्या गर्छ !

कसैको मृत्यु
कसैका लागि जरुर शोक हो
म त्यति मुर्ख पनि छैन
शोक मनाउँन पाउँनु
कसैको नैसर्गिक अधिकार हो
त्यो पनि म मान्छु
तर त्यस्तो मृत्यु आउँदै नआओस
जुन मृत्युपछि
सवैभन्दा अलमलमा पर्छ मान्छे !

मृत्यु वर्गीय हुँदैन भने
सडक दुर्घटना र हवाई दुर्घटनामा
किन घटी बढी मान्छे रुन्छन ?
हरेक दिन आउँने मजदूरको लास हेर्न
किन सरकार जहाज गिरान जाँदैन ?
र किन सयौं मानिस एकै दिन मर्दा पनि
कैलै राष्ट्रिय शोक मनाइन्न ?
मजदूरको मृत्यु र शासकको मृत्यु
कसरी एउटै हुन्छ ?
आर्यघाटको चिता पनि फरक हुन्छ
मलामीको ताँती र
सलामीको शान पनि फरक हुन्छ !

फेरि एक पटक देशमा
मार्क्सवाद खारेज गरेर
विद्रोहीदेखी सत्ताधारीसम्म
एउटै लवजमा हिक्क हिक्क गरिरहेछन !

कुनै गुमनाम तागतले
निभाइदिएको छ विवेकको बत्ती
र मानिसहरू सवैभन्दा उल्लू बनेका छन !

म एतिखेर,
खतरानाक मृत्यु देखेर
औधि डराएको छु !

सुवर्ण चोक, भक्तपुर

 

वि.सं.२०७५ फागुन १८ शनिवार ११:२९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...