१९ फागुन, काठमाडौ । स्वाइन फ्लुको संक्रमणबाट बिरामीको मृत्यु हुने क्रम रोकीएको छैन । इन्फ्लुएन्वा परीक्षणमा ढिलासुस्तीले बिरामीको मृत्यु भइरहेको चिकित्सकको दाबी छ । फ्लुको आशंका भएका बिरामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण प्रतिवेदन समयमै नपाउने र त्यो नपाएसम्म इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एन्टिभाइरल औषधी नदिने भएकाले यी प्रक्रिया पूरा गर्ने क्रममै कतिपय बिरामीको मृत्यु हुने गरेको हो ।
हाल अत्यधिक मात्रामा स्वाइन फ्लु देखिएको छ, त्रिवि शिक्षण अस्पताल आईसयिु विभाग प्रमुख डा. सुवासप्रसाद आचार्य भन्छन् , प्रगोगशालाले समयमै परीक्षण प्रतिवेदन दिँदैन, एन्टिभाइरल औषधी टेमी फ्लु दिनसमेत कन्ज्युसाईँ भइरहेको छ । एन्टिभाइरल औषधी बजारमा किन्न पाइदैन् । आइतबारको कान्तिपुर दैनिक बाट ।
वि.सं.२०७५ फागुन १९ आइतवार ०७:५७ मा प्रकाशित