
भरतमोहन अधिकारीको पछिल्लो परीचय सफल अर्थमन्त्री र सामाजिक सुरक्षाका अभियन्ता हो । ०५१ सालको पहिलो कम्युनिष्ट सरकारका सफल अर्थमन्त्रीको रुपमा अधिकारीले सुरु गरेको जेष्ठ नागरिक भत्ता, ‘आफ्नो गाउँ आफै बनाउँ’ र ‘नौ स’ को अभियन्ताले दिएको यो परिचय त भरतमोहनको काया (शरीर) भन्दा लामो समय रहिरहने परीचय हो ।
यसबाहेक उहिलेका मोरङ्गका चर्चित ‘वकिल साव’ को मोरङ्गीया परीचय पनि उनको रहेको छ । उहिले २०१५ सालको निर्वाचनमा मोरङ्गका ३ वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं ३१ र ३३ मा नेकपाका उमेदवार जिताउन रातभरी पोष्टर टास्ने र दिनभरी प्रचार–प्रसारमा खटीने युवा भरतमोहनको युवा परिचय पनि सम्झन लायक छ ।
महोत्तरीको भावपूर्ण गाविसमा जन्मिएर २००१ सालमा पीताजी सँगै मोरङ्ग पुगेका अधिकारीको सबैभन्दा प्रिय ठाउँ मोरङ्ग नै थियो । अधिकारीका बाल सखा बरिष्ठ राजनीतिज्ञ कमल कोइरालाको शब्द सापटी लिने हो भने भरतमोहन मोरङ्गको माटोमा टेक्दा सबभन्दा बढी खुसी हुन्थे ।
भलै क्षेत्र नं ३१ बट हरीहर प्रसाद उपाध्याय र ३३ बाट दिव्यराज अधिकारीलाई नेकपाका उमेदवारको रुपमा जिताउन भरतमोहन र कमल कोइरालाको युवा समुहले सकेन । तर यसले भरतमोहनलाई मतदाताका बीचमा स्थापित गर्न भने सफल भएको बताउँछन् कमल कोईराला ।
कोइराला भन्दा एक व्याच पहिले पढेका अधिकारीको कोइरालासँगको मित्रता सिंगान पुछ्न नसक्ने बेलादेखी दाह्री कपाल पाक्ने बेलासम्म अनीत्य रहिरह्यो । त्यहि अनित्य मित्रताले नै दुबैलाई ‘कोसी ल फर्म’ मा जुरायो । विराटनगरको अधिकारी निवासको कोसी ल फर्म कानुनको त केन्द्र बन्यो नै पुर्वमा माक्र्सवादी विचारको प्रवाह गर्ने केन्द्र समेत बन्यो । कमल भन्छन्–‘दिनभरी वकालत र रातभरी माक्र्सवादि भेला बैठक गर्नु हाम्रो दिनचर्या थियो ।’
२००१ देखी सुरु भएको अधिकारी कोइराला परिचयको सीलसीला अझ फराकिलो बन्दै गयो । त्यसमा थपिदै गए पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, दुखीलाल चौधरी र प्रभुनारायण चौधरी ।
कमल कोइराला सम्झन्छन् २०१५ सालमा सँगै पोष्टर टासेर अरुको प्रचारमा लागेका हामी दुइ युवा ०४८ मा आफै उमेदवार बन्यौ । ०४८ को निर्वाचनमा भरतमोहनले निर्वाचन जिते तर मैले हारे । फेरी ०५१ मा हामी दुबैले जित्यौ ।
वि.सं.२०७५ फागुन १९ आइतवार १४:३७ मा प्रकाशित






























