back
CTIZAN AD

शिक्षकलाई आन्दोलन नगर्न विद्यार्थीको आग्रह

वि.सं.२०७५ फागुन २१ मंगलवार

648 

shares

२१ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले अस्थायी/राहतका शिक्षकलाई विद्यालय बन्द र पठनपाठनमा असर पर्ने गरी आन्दोलन नगर्न आग्रह गरेका छन् ।

अनेरास्ववियुका अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै शिक्षकलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरी विद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा राहत शिक्षकको स्वतः स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको भन्दै स्वतः स्थायी गर्न अहिले शिक्षकले गरिरहेको आन्दोलन दुःखद भएको समेत बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतः स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुःखद अरु हुन सक्दैन ।’’

शिक्षकलाई पनि शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वतः स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्वीकारेर अगाडि बढ्न समेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

‘‘सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाउनुभएका शिक्षकले खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ र ?’’ विज्ञप्तिमा भनिएको छ, ‘‘आन्तरिक दरबन्दीमा प्रतिस्पर्धा गराउदा पनि अस्थायी/राहत माग भएको कोटा बमोजिमका शिक्षकसमेत उत्तीर्ण नहुनुले शिक्षा ऐनको नवौँ संशोधनको प्रावधान गलत रहेको छ । ”

वि.सं.२०७५ फागुन २१ मंगलवार २१:२० मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...