back
CTIZAN AD

तिमी घर सजाउने फूलबारी हौ

वि.सं.२०७५ फागुन २४ शुक्रवार

1.6K 

shares

तिमी छोरी भएकै कारण आज तिमी पराइ घर गएकी छौ !
तिमी नारी भएकै कारण आज तिमी बुहारी भएकी छौ !
छोरी तिमि एक नारी हौ,त्यसैले त तिमी घर सजाउने फूलबारी हौ !
छोरी तिमी एक नारी हौ,त्यसैले त तिमी कसैको करेसाबारी हौ,
तिमीलाई थाहा छैन होला बुहारीले पहिला खान हुदैन रे !
तिमी नारी भएकैले तिम्ले चुलो छुन हुँदैन रे !

किन कि तिमि नारि हौ,त्यसै ले त तिमि घर सजाउने फूल बारी हौ !
मेरो केहि छैन नभन्नु नि, तिम्रो नामको घर घडेरी र छ श्री सम्पति !
यसैले तिमीलाई साबुन किन्नु पर्दा चाहिन्छ श्रीमान्को अनुमति !
छोरी तिमि एक नारी हौ,त्यसैले त तिमी कसैको करेसाबारी हौ,
घरबाट बाहिर जाँदै नजानु नि, फर्कदा घर पर्यो भने रात !
सात जुनी साथ दिन्छु भन्ने श्रीमान्ले फेरी छोडदेलान नि साथ !
किन कि तिमी नारी हौ, त्यसैले त तिमी घर सजाउने फूलबारी हौ !
पुरुषहरु बाटैमा सुतुन कि जे गरुन सोधेउ भने मुखाले भइन्छ रे,
किन भन्ने प्रश्न चिन्ह नलगाउनु नि फेरी सिधै नरक गइंछ रे !
घर फर्कदा सहनशिला शुसिला बन्नु !
किनकि तिमी नारी हौ, त्यसैले त तिमी घर सजाउने फूलबारी हौ !
धैर्य गर,
तिमीलाई घरको मालिक्नी बनाइने छ ,
तिमीलाई गृहलक्ष्मी पनि बनाइने छ ,
त्यति मात्र कहाँ हो र
तिमी आधा आकाश भएको सगर्व घोषणा गरिने छ !
किनकि तिमी नारी हौ,त्यसैले त तिमी घर सजाउने फूलबारी हौ !
बर्षमा एक दिन नारी दिवस मनाउन पाई हाल्छेउ नि छोरी भएसी
श्री सम्पत्तीको मालीक भै हालिन्छ पराइ घर गएसी
त्यसैले त तिमी नारी हौ,
अनि तिमी कसैको फुलबारी हौ !

सन्दर्भ : ८ मार्च

वि.सं.२०७५ फागुन २४ शुक्रवार ०८:५९ मा प्रकाशित

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...

कविता : के कामको शासन

कविता : के कामको शासन

बिमला चन्द सानू, बैतडी हाल : काठमाडौं लाखौं छन् घरभित्र...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

कविता : लैलै बरी लैबरी

कविता : लैलै बरी लैबरी

हिरा भट्ट बदमास नम्बर दुई जन्मस्थल:पञ्चेश्वर-६,बिजुल, बैतडी "खत्रा ट्याटु बन्यो"भुँडीतिर...

कविता : मान्छे

कविता : मान्छे

अलख निरञ्जन लोहार टीकापुर, कैलाली हाल : भारत जो जो...