back
CTIZAN AD

तिमी नारी

वि.सं.२०७५ फागुन २४ शुक्रवार

870 

shares

‘यत्र नारी पूज्यन्ते तत्र रमन्ते देबता’,
नारी ! तिमी देवी, भगबती, लक्ष्मी, पार्बती, सीता र भृकुटी,
अनि माता सृष्टिदात्री
यस्तै यस्तै बेदन्ति र पौराणिक नामले पूजनीय थियौ ।।
नारी !  तिमी देवी थियौ र बेदी पनि भयौ,
देबता भनाउदाहरुको चक्रब्युहमा फनफनी घुमाइयौ ,
अनि
उनीहरु कै बेदी बनि आहुती लियौ,
तिमी सृष्टि कर्ता र भर्ता
आफ्नो बर्चश्व खोपिमा राखेर
कृष्णको गोपिनी र पाण्डबहरुको द्रौपदी भयौ
हो नारी ! अस्ति तिमी खोपिकी देबी थियौ ।।

हो नारी !
तिमी भाग्यमनी कहलाएर
हिजो पनि पूजनीय थियौ ,
तिमी सत्यवती शाबित्री
तिमी पति ब्रता पार्बती
तिमी जन्म दिने आमा
मायाँ दिने दिदीबहिनी , छोरी र नातिनी,
अनि
तिमी पुरुषको स्वास्नी र श्रीमती
जे जे नाता लगाउ
नारी तिमी गृह लक्ष्मी
घर संसारको भित्ताभित्र थुनिएकी गृहणी
झुत्रो मान सम्मानकी तिमी रित्तो लक्ष्मी
यथार्थमा ठगिएकी तिमी गृह बन्धनी ।।

हो नारी !
यी अस्ति र हिजोका कथा र ब्यथा थिए,
आज अब आर्कै नयाँ बिहानी चहिएकोछ ,
म घण्टी बजाईं दिन्छु, तिमी ब्यूझ
तिमी उठ म समाइ दिन्छु ,
प्राकृतिक बिभेद तोड़न नसके पनि
हामीले सामाजिक बिभेद फोड़न सक्नु पर्छ,
तिमी हिक्मत झिक नारी
म सहारा थपि दिन्छु,
तिमी नारी म पुरुष
हामी एकै रथका दुई पाँग्रा नै ह्वऔ ,
नारी समुन्नति नै समाजको समुन्नति हो ,
त्यसैले,
अरूलाई दोष लगाएर होइन
आफ्नै अंतरात्मा छामेर –
तिमी इच्छ्या शक्ति मात्र प्रकट गर
म आँट थपीदिन्छु ,
तिमी तिम्रा पखेटाहरू फिजाउ
म त्यसमा प्वांख भइ दिन्छु ,
नारी !
तिमी सुन्दर समाजको बुट्टा कोर
म त्यसमाथि रङ्ग भरिदिन्छु ,
आऊ नारी आज फेरि प्रतिज्ञा गरौँ ,
हामी हातेमालो गर्दै
हाम्रो घर र संसार अझ सुन्दर बनाऊं,
आऊ नारी हामी हातेमालो गर्दै केही गरौँ,
आऊ हामी केही गरौँ ।।

८ मार्च २०१९

वि.सं.२०७५ फागुन २४ शुक्रवार १०:४५ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...