२४ फागुन, ब्रसेल्स जर्मनी । भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश निकाला गर्न दिएको निर्देशनबारे भेनेजुयलाले पुनः विचार गर्नेमा युरोपेली सङ्घ (ईयू) आशावादी रहेको बिहीबार ईयूले जनाएको छ ।
द्वन्द्वरत पक्षसँग सबै प्रकारका सञ्चार कायम राख्न चाहेको र यसमा भेनेजुयलाको निर्वाचित मदुरो सरकारले सोचविचारसहित अघि बढोस् भन्ने आफ्नो धारणा रहेको ईयूले बताएको हो ।
“भेनेजुयलाका लागि जर्मनीका राजदूतलाई देश छोड्न दिइएको दबाबप्रति हामी खेद व्यक्त गर्दछौँ,” ईयू विदेश नीति प्रमुख फेडरिका मोघेरिनीका प्रवक्ता माजा कोसियान्किले भने ।
“भेनेजुयलाले राजदूत फिर्ता गर्ने निर्णयलाई पुनः सोच्नेमा हामीले विश्वास लिएका छौँ ।”
वि.सं.२०७५ फागुन २४ शुक्रवार १०:४२ मा प्रकाशित





























