back
CTIZAN AD

भारतीय पत्रकारको कुम्भमेलामा नेपाली पत्रकारको उपस्थीति कस्तो रह्‍यो त?

वि.सं.२०७५ फागुन २४ शुक्रवार

735 

shares

२४ फागुन, काठमाडौ ।  भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्केका छन् । कर्णाटक युनियन अफ वर्किङ जर्नालिष्ट एशोसिएसन केयुडब्लुजेए र मैसुर डिष्ट्रिक जर्नालिष्ट एशोसिएशन एमडिजेए को संयुक्त आयोजनामा कर्णाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा यही फागुन १७–१८ गते आयोजित भेलामा कर्णाटक राज्यका करीब दुई हजार पाँच सय पत्रकार सहभागी थिए ।

राज्यस्तरको ३४ औंँ सो पत्रकार भेलालाई कर्णाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले सम्बोधन गर्नुभएको थियो भने समग्र भेलामा विशेष आतिथ्यता र ‘भिडियो जर्नालिज्म ः न्यू च्यालेञ्जेज’ शीर्षकको सत्रको उद्घाटन तथा मन्तव्यका लागि सिलवाललाई त्यहाँ निम्त्याइएको थियो । भेलामा पुराना तस्वीर, छपाइ यन्त्र, रेडियो, क्यामरा र टिभी प्रदर्शनीमा राखिएको थियो भने पत्रकारिता र यस क्षेत्रका अनेक विषय र आयामबारे अनेक अन्तरक्रिया भएका थिए । वरिष्ठ पत्रकारको सम्मानसमेत गरिएको सो पत्रकारिता उत्सवमा कर्णाटकका अधिकांश सम्पादक, सम्वाददातामात्र होइन, मिडिया अध्येता र विद्यार्थीको पनि सहभागिता थियो । विद्यार्थीले पूर्वमुख्यमन्त्रीसँग राजनीति र फेक न्यूज आदिबारे छलफल गरेका थिए । मिडिया र राजनीति, मास मिडिया स्वसञ्चालन नीति, मिडिया एण्ड डिजिटलाइजेशन च्यालेञ्जेज, फोटो पत्रकारिता बदलिँदो फोटोग्राफी दुनियाँ, मिडिया र लैङिक संवेदनशीलतालगायत दर्जनौं विषयमा अन्तरक्रिया भएको थियो ।

सन् १९३४ मा स्थापित भएर शुरुदेखि नै पत्रकारको दक्षता अभिवृद्धि, पत्रकारिता पेशाको संरक्षण र वृत्ति विकासका लागि सक्रिय एमडिजेएमा कर्णाटक राज्यका सबै जिल्ला एशोसिएशन आबद्ध छन् । एमडिजेए इण्डियन फेडरेशन अफ वर्किङ जर्नालिष्ट आइएफडब्लुजे नयाँ दिल्लीसँग आबद्ध छ । त्यति ठूलो कार्यक्रममा भारतीय मित्रहरुले आफूलाई प्रदान गरेको सो सम्मान आफ्नो व्यक्तिगतभन्दा पनि नेपाल राष्ट्रको सम्मान भएको लाङ्टाङ सद्भावनादूतसमेत रहनुभएका सिलवालले बताए ।

यसअघि श्रीलङ्काको सबभन्दा पुरानो पत्रकार संस्था श्रीलङ्का प्रेस एशोसिएशन एसएलपिएले आफ्नो ६३ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालका तर्फबाट पत्रकारिता, पर्यटन र प्राध्यापनमा सक्रिय सिलवाललाई निम्त्याइएको बताइएको छ ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार १४:५१ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...