back
CTIZAN AD

इथियोपिया विमान दुर्घटना :  विमानमा रहेका सबैको मृत्यु

वि.सं.२०७५ फागुन २७ सोमवार

627 

shares

२७ फागुन, अदिस अबाबा ।  इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि ८ जना चालकदलका सदस्यसहित १५७ जना लिएर आइतबार उडेको विमान दुर्घटना हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् ।

इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच इथियोपियाको प्रधानमन्त्रीको कार्यालयले विमानमा परी मृत्यु भएका यात्रुका आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

वि.सं.२०७५ फागुन २७ सोमवार ०९:५८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...