back
CTIZAN AD

लम्जुङ आमा समुहद्धारा रंगशालाका लागि ६ लाख हस्तान्तरण

वि.सं.२०७५ फागुन २७ सोमवार

591 

shares

२७ फागुन, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समुह, यूकेले ६ लाख ५५ हजार ८ सय ५० रुपैंया सहयोग गरेको छ ।
सोमबार फाउण्डेशनको कार्यालयमा संस्थाका अध्यक्ष जुना गुरुङ् सहित अन्य पदाधिकारीहरुको उपस्थितीमा उक्त सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो ।
यूकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाईलो साँझ’ बाट संकलन भएको रकम आमा समुहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसंग भेट्न पाउँदा खुसी लागेको बताउँदै फाउण्डेशनको कामबाट आफुहरु प्रभावित भएर सहयोग गर्ने भावना जागेको बताईन् । ‘उहाँहरुको कामबाट हामी निकै प्रभावित छौं’ अध्यक्ष गुरुङले भनिन् ‘यूकेमा रहनुहुने सबै आमाहरुको सहयोगमा हामीले कार्यक्रम गरेर संकलन गरेको रकम उहाँहरुलाई दिन पाउँदा हामी निकै खुसी छौं ।’
सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे‘सुन्तली’ ले सबैलाई धन्यवाद दिईन् । ‘यो सहयोग मात्रै होईन्, नारी एकता, नारी शसक्तता पनि हो जस्तो लाग्छ’ घिमिरेले भनिन् ‘अर्काको देशमा बसेर आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुख पर्दा सहयोग गर्ने लमजुङ आमा समुहको कामले म आफैंपनि नारी भएको हिसावले निकै खुसी छु ।’
देशकै गौरवको गरियोजना आफुहरुले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिकृयाले आफुहरुलाई निकै ठुलो हौसला मिलेको बताउँदै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले भने ‘रङ्गशाला नितान्त यहाँहरुकै सहयोगमा निर्माण सफल हुने हो । सबैजना अभियान्ता बनेर सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।’

वि.सं.२०७५ फागुन २७ सोमवार १८:२७ मा प्रकाशित

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि  बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन तयारीदेखि समसामयिक राजनीतिसम्म छलफल, बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको...

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

काठमाडाँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म...

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...