back
CTIZAN AD

“कानुनी रुपमा बाध्यकारी परिवर्तन”मा सहमति भयो- बेलायत

वि.सं.२०७५ फागुन २८ मंगलवार

684 

shares

२८ फागुन, स्ट्रासबर्ग, फ्रान्स । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिट सम्झौताका लागि युरोपेली युनियनबाट “कानुनी रुपमा बाध्यकारी” प्रत्याभूति प्राप्त भएको बताएकी छन् । उनले बेलायती संसद््ले पछिल्लो प्रस्तावलाई स्वीकृत गर्ने तथा ब्रेक्जिटको अन्यौल अन्त्य गर्ने विश्वास व्यक्त गरिन् ।

युरोपेली युनियनका वरिष्ट अधिकारीसँग भएको छलफलका क्रममा सोमबार साँझ महत्वपूर्ण सहमति भएसँगै प्रधानमन्त्री मेले उक्त घोषणा गरेकी हुन् ।  । बेलायत यही मार्च २९ तारिखबाट युरोपेली युनियनबाट अलग्ग हुँदैछ ।
युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करले बेलायती संसदले प्रस्तावित परिवर्तित सम्झौतामा मङ्गलबार मतदान नगर्दासम्म केही बताउन नसकिने बताए ।

“सम्झौता गर्ने वा नगर्ने छनौट बेलायतमाथि नै छ । बेलायतको बहिर्गमन बिनाअबरोध सहजरुपमा होस् भन्ने हाम्रो चाहना हो,” प्रधानमन्त्री मेसँगै फ्रान्सेली सहर स्ट्रासबर्गमा आयोजित पत्रकार सम्मेलनमा जन्करले बताए ।

तीन भागमा विभक्त पछिल्लो प्रस्तावित सम्झौताले युरोपेली युनियनको सदस्य मुलुक आयरल्यान्ड र बेलायतको प्रान्तको रुपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने वा नराख्ने विषय खुला राखेको छ ।

“आज हामीले कानुनी प्रत्याभूतिका विषयमा सहमति जनाएका छौं,” बेलायती प्रधानमन्त्री मेले भनिन् । “अब हामी सबै एक हुनुपर्ने परिस्थिति तयार भएको छ । यो सुधारिएको ब्रेक्जिट सम्झौतामा समर्थन जनाउनु उचित हुनेछ । यस सम्झौताले बेलायती जनताको चाहनालाई पनि सम्बोधन गर्ने मैले विश्वास लिएको छु ।”

बेलायती सांसदले मङ्गलबार मतदान गर्नुअघि उक्त प्रस्तावित सम्झौतामा अध्ययन गर्नेछन् । बेलायतले युरोपेली युनियनबाट ४६ वर्षपछि सदस्यता त्याग्दैछ र अब त्यो दिन आउन १७ दिन मात्र बाँकी छ ।

बेलायतको संसद हाउस अफ कमन्सले गत जनवरीमा प्रधानमन्त्री थेरेसा मेले गरेकोे प्रस्तावित ब्रेक्जिट सम्झौतालाई ठूलो मतान्तरले अस्वीकृत गरेको थियो । कुनै सार्थक परिवर्तन नभए प्रस्तावित ब्रेक्जिट सम्झौता पनि अस्वीकृत हुने सम्भावना छ ।

युरोपेली युनियनबाट बेलायत अलग्ग हुनुपर्छ भन्ने अभियानमा संलग्न नाइजल फाराजले प्रधानमन्त्री मेले युरोपेली युनियनसँग गर्नुभएको पछिल्लो प्रस्तावित सम्झौता पनि उपयोगी नभएको प्रतिक्रिया दिएकी छन् । उनले ट्वीट गर्दै नयाँ प्रस्तावमा केही शब्द यताउता मात्र गरिएको बताइन् ।

बेलायती संसद्मा मुख्य विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि बेलायती संसद्मा प्रधानमन्त्री मेले गर्नुभएको प्रतिबद्धता विपरीत पछिल्लो सम्झौता भएको बताइन् ।

वि.सं.२०७५ फागुन २८ मंगलवार १७:२२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...