back
CTIZAN AD

यस्तो छ रुसमा बिहे परम्परा

वि.सं.२०७५ फागुन २९ बुधवार

672 

shares

रुसमा विवाहोत्सवको वेला विवाह दर्ता गराउन दुलहा र दुलही दुवै पक्षबाट कम्तीमा एक–एकजना साक्षी बस्नुपर्छ । साक्षीलाई स्वीदेतेल –свидетель) भनिन्छ भने विवाह दर्ता गर्ने कार्यालयलाई छोटकरीमा जाग्स (загс०। अधिकांश मानिसहरुले शुक्रबार वा शनिबार मात्रै विवाह गर्ने भएकोले बिबाह दर्ताकालागि जाग्समा पालो लिन केहि महिना अगाडी नै नाम लेखाउनु पर्ने हुन्छ ।

विवाहोत्सवमा दुलहाले कालो सुट लगाएको हुन्छ भने दुलहीले चाहिं निक्खर सेतो विवाह पोशाक । अनि साक्षी बस्नेले चाहिं टाउकोमा रातो फेटा जस्तो लगाउनुपर्दछ भने कांधमा जनै बांधे जस्तो गरेर छड्के रातो पेटी लगाउछन् । दुलहा–दुलही, साक्षीहरु र अन्य आफन्त तथा इष्टमित्रहरु विवाह दर्ता कार्यालय जाग्समा पुग्छन् । त्यहां एउटा सानोतिनो समारोह नै सम्पन्न हुन्छ । जाग्सका पदाधिकारी समक्ष उभिएर दुलहा दुलहीलाई खुशीराजीसंग विवाहबन्धनमा बांधिने निर्णय लिइएको हो भन्ने एक किसिमको प्रतिज्ञाजस्तो गराइन्छ । त्यसमा भनिएको हुन्छः म फलानाको श्रीमती (अथवा श्रीमान) बन्न तयार छु र जीवनसाथी बनेर रहनेछु ।

यस्तो प्रतिज्ञापत्रमा र विवाहदर्ता रजिष्टरमा दुलहा र दुलहीले हस्ताक्षर गरेपछि साक्षीहरुले पनि हस्ताक्षर गर्छन । दुलहाले दुलहीको दायां हातको काइंली औलामा सुनको बाटुलो औंठी लगाइदिन्छ र दुलहीले पनि दुलहाको औंलामा सुनको औंठा लगाइदिन्छे । त्यसपछि उनीहरुले एक अर्कालाई अनिवार्यरुपमा चुम्बन गर्नुपर्छ । अनि मात्र नवदम्पत्तिलाई दाम्पत्य जीवन सुखमय होस् भन्ने शुभकामना व्यक्त गर्दै जाग्सका अधिकारीले विवाह दर्ताको प्रमाणपत्र दिन्छन । त्यसपछि सबैले नवदम्पत्तिलाई पुष्प गुच्छाहरु दिएर शुभकामना व्यक्त गर्दछन् ।

जाग्सबाट फर्कने वेला नवदम्पत्ति र साथमा रहेका आफन्त, साथि–संगातीहरु रिवन र फूलले सिंगारिएका गाडीमा चढेर नगर परिक्रमा गर्छन । मस्कोको क्रेमलीन पर्खालनेर रहेको अज्ञात सैनिकको स्मारकमा बलिरहेको अखण्ड ज्योतिनेर उनीहरु पुष्पगुच्छा अर्पण गर्दछन् । यसैगरी भिक्ट्री पार्कमा पुगेर विजेता ग्रिगोरीको स्मारकसमक्ष पनि पुष्पगुच्छा अर्पण गर्ने चलन छ ।

पहिले मस्कोको केन्द्रमा रहेको रेड स्क्वाएरस्थित लेनिन समाधिअगाडी पनि फूल चढाउने चलन थियो । नेता र कविहरुको शालिकमा पनि फूल चढाइन्छ । नवदम्पत्ति र विवाहोत्सवका सहभागीहरु मस्को राजकीय विश्वविद्यालय अगाडी रहेको गगनचुम्बी भवनअगाडीको भराविए गोरी (भंगेरे डांडा) को डीलमा गई मस्को नगरको दृश्यावलोकन पनि गर्दछन् ।

यस्तो नगर परिक्रमापछि मात्र नवदम्पत्ति आफ्ना सहयात्रीहरुका साथ विवाहोत्सवको उपलक्ष्यमा साँझ आयोजना गरिने विवाहभोजमा सामेल हुन्छन् । रेष्टुरां वा घरमै यस्तो विवाहभोज सम्पन्न हुन्छ, जसमा दुलहा र दुलही दुवैतर्फका पाहुनाहरु सहभागि हुन्छन । भोजको क्रममा सहभागी पाहुनाहरुले पालैशान्ति नवदम्पतिको सुखसमृद्धिको कामना गर्दै टोस्टप्रस्ताव राख्दछन् । हरेक टोस्ट प्रस्ताव पछी पाहुनाहरुले खानपीन गर्न छोडी गोर्का (तीतो) भनेर नारा लगाउंछन् । दुलहा दुलहीले त्यतिबेला चुम्बन लिनै पर्ने हुन्छ । अनि मात्र पाहुनाहरुको मंदिरापान र खानपिन सुरु हुन्छ ।

रुसको बसाईकालमा म पनि कैयौं पटक यस्ता विवाहोत्सवमा सरिक भएको छु । केहि साथीहरुको विवाहमा दुलाहा पक्षबाट साक्षि बनेर मैले हस्ताक्षर समेत गरेको थिएँ । सबैको दाम्पत्य जीवन सुखद रहोस, सफल रहोस !

‘रुसको सम्झना’ (अप्रकाशित) का अंशहरु

वि.सं.२०७५ फागुन २९ बुधवार १२:४९ मा प्रकाशित

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...