
२ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनिमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बीहिबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के दाहालालई सुरक्षा थ्रेट बढेकै हो त ?
सुरक्षा थ्रेटबारे दाहाल आफूले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण गरिसकेका छन् । सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट सबैभन्दा बढी सुरक्षा थ्रेट छ । विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको राष्ट्रिय अनुसन्धाबाट देखिएको स्रोतले बतायो । शनिबारको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
वि.सं.२०७५ चैत २ शनिवार ०७:५९ मा प्रकाशित






























