
२ चैत, काठमाडौं । सरकारले लगानी सम्मेलनमा झण्डै ३० खर्बका ६३ आयोजनामा लगानीको आह्वान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले यही चैत १५ र १६ गते हुने सम्मेलनमा सरकारी र नीजि क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय गरेको हो । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ ।
सम्मेलनमा ५० भन्दा बढी देशका लगानीकर्ता, विकास साझेदार, सरकारी प्रतिनिधि, विज्ञ र सरोकारवाला सहभागी हुनेछन् । ‘आयोजनाका विस्तृत विवरण सहितको स्टल सम्मेलनमा राखिनेछ ।’ बोर्ड प्रवक्ता बलराम रिजालले बैठक पछि भने । आयोजनाबारे बृहत जानकारी लिई लगानी आओस् भन्ने उद्धेश्यले सम्मेलनमा प्रस्तुत गरिने उनले बताए । शनिबारको कान्तिपुर दैनिकमा कृष्ण आर्चायले लेखेका छन् ।
वि.सं.२०७५ चैत २ शनिवार ०८:१४ मा प्रकाशित






























