back
CTIZAN AD

सहायता कोषको लागि एनआरएनए  स्कटल्याण्डको  “हिल वाक“

वि.सं.२०७५ चैत ३ आइतवार

720 

shares

 

प्रकाश अर्याल,स्कटल्याण्ड ।  एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल,  स्टरलिङमा आगामी मार्च २४ गते आइतबार बिहान  १० बजे हिल वाक इभेन्ट आयोजना गर्ने भएको छ ।

एनआरएनए  स्कटल्याण्डको  नौलो तरिकाले ‘हिल वाक’ इभेन्टको  आयोजना गरेर सहयोग संकलन गर्ने लक्ष्यको गैरआवासीय नेपालीहरुमाझ  विशेष चर्चाको विषय बनेको छ । एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले  हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन गर्ने र उक्त कोषबाट  संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने बताउनु हुन्छ ।

डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब साँढे दुई  घण्टा लाग्ने अनुमान गरिएको छ । हिल  वाक  एक   स्वस्थ इभेन्ट  पनि रहेको र यस्ता स्वस्थ इभेन्टहरुबाट  सहभागीहरुको शारिरिक र मानसिक स्वास्थ्यमा  फाइदा पुग्ने समेत अध्यक्ष  कार्की बताउछन् हिल  वाकमा आधिकारिक मेडिकल स्वयम्सेवकहरु र अन्य स्वयमसेवकहरू समेत सहभागीहरूको सहयोग र सुरक्षाको लागि प्रबन्ध गरिएको इभेन्ट संयोजक  राम बगालेले बताए ।    उक्त हिडाईमा परिवार र बालबालिका सहितको सहभागिता रहने हुनाले सहभागीताको लागि स्कटल्याण्डको बिभिन्न स्थानबाट नेपालीहरुको सहभागिताको लागि अपेक्षा गरिए अनुसार सहभागी हून आ–आफÞनो क्षेत्रका प्रतिनिधिमार्फÞत नाम दर्ता गराउनेहरूको शंख्या उच्च रहेको तथ्य संस्थाका सचिब  कृष्ण  दहालले  बताए ।

संस्थाका खेलकुद संयोजक  उज्जवल कार्कीका अनुसार  उक्त इभेन्टको लागि स्कटल्याण्डको एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, डनफर्मलिन  र स्टरलिङमा स्थानीय सम्पर्क व्यक्तिहरु तोकिएको छ ।

एनआरएनए  स्कटल्याण्डको यस्तो कार्यक्रम अत्यन्त राम्रो प्रकृतिको भएको र  संस्थाले बेला बेलामा यस्ता कार्यक्रमहरू आयोजना गरिरहनु पर्ने संस्थाका सल्लाहकार  डा.  रामकुमार अधिकारीले बताछन् ।

 

वि.सं.२०७५ चैत ३ आइतवार ०८:३० मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...