back
CTIZAN AD

भारतमा २ करोड १० लाख महिलाले भोट दिन नपाउने

वि.सं.२०७५ चैत ३ आइतवार

633 

shares

३ चैत, काठमाडौं । भारतमा नजिकिदै गरेको लोकसभाको चुनावमा २ करोड १० लाख भारतीय महिलाले भोट हाल्न नपाउने भएका छन् । १ करोड १० लाख महिलाको नाम भोटर लिस्टमा नभएको खुलासा भएको छ ।

अहिले २ करोड १० लाख भारतीय महिलाको भोट दिने अधिकार किन खोसियो भन्ने ठूलो प्रश्न राजनीति क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा बहर चलिरहेको छ ।

विगतका चुनावमा भारतीय महिलाहरुले उत्साहका साथ मतदान गर्दै आएका छन् । यो वर्ष हुने चुनावमा पनि मतदान गर्नेमा पुरुष भन्दा बढि संख्या महिलाको हुने अनुमान गरिएको छ । अधिकांश महिलाहरुको भनाई यो छ कि, उनीहरु आफ्नो मनपरेको उम्मेदवारलाई छानेर भोट दिनेछन् । यसको लागि उनीहरु आफ्ना श्रीमान या परिवारसँग सल्लाह लिने छैनन् ।

महिलाहरुलाई मतदानका लागि प्रोत्साहन गर्न छुट्टै बुथ स्टेशन बनाइने तथा महिला प्रहरी उनीहरुको सुरक्षामा लगाइने छ । मतदान वुथमा पनि एक महिला अधिकारी खटाइने छ ।
२०१४ मा भएको आम निर्वाचनमा ६६० भन्दा बढी महिला उम्मेदवार बनेका थिए । १९५१ मा भएको पहिलो चुनाव भन्दा यो आँकडा धेरै बढी हो । किन कि, १९५१ मा २४ महिला मात्र चुनावी मैदानमा उत्रिएका थिए ।

अहिले राजनीनितक दलहरु पनि महिला मतदातालाई खास महत्व दिन्छन् । उनीहरु महिला मतदातालाई आकर्षण गर्नका लागि चुनावी घोषणा पत्रमा विभिन्न आकर्षक प्रतिबद्धताहरु पनि अगाडि ल्याउँछन् । जस्तै सहज रुपमा भान्साको ग्यास उपलब्ध गराउनु, पढाइमा स्कलरसिप, कलेज जानका लागि साइकल दिने लगायतका प्रतिबद्धताहरु सार्वजनिक गर्ने गरेका छन् ।

तर, पछिल्लोपटक सबैलाई अचम्म बनाउने गरी महिलाका विषयमा एक तथ्यांक सार्वजनिक भएको छ । त्यो हो, भारतमा धेरै महिलाहरुको नाम भोटर लिस्टमा छैन । ती महिलाहरुको संख्या श्रीलंकाको पूरा जनसंख्यालाई झण्डै झण्डै भेट्छ ।

यो दावा गरेका हुन्, चुनाव विशेषज्ञ प्रणाँय राँय दोराब सोपारीवालाले । उनले यस्तो कुरा आफ्नो कितावमा लेखेका छन् । उनले केही आंकडालाई अध्ययन गरेर यस्तो नतिजामा पुगेको बताइएको छ । उनले आफ्नो बुक ‘द वर्डिक्ट डिकोटिङ इंडियाज इलेक्सन’ मा यस्तो कुरा लेखेका हुन् ।

जनगणनाको हिसाबले १८ वर्ष भन्दा बढी उमेरका महिलाको संख्या कति छ भन्ने आधारमा भारतभर रहेका महिलाको संख्याको अनुमान लगाएका हुन् । त्यसपछि उनले यस्तो संख्याको तुलना महिला मतदाताको ताजा लिस्टसँग गरेका छन् ।

उनले दुवैमा धेरै अन्तर पाएका थिए । उनका अनुसार मतदाताको लिस्टमा झण्डै २ करोड १० लाख महिलाको नाम मतदान लिस्टमा छैन ।

मतदान लिस्टबाट नाम हराएका महिलाहरु धेरै उत्तर प्रदेश, महाराष्ट्र र राजेस्थानका छन् । जब कि आन्ध्र प्रदेश र तमिलनाडु जस्ता दक्षिणी राज्यमा स्थिति राम्रो छ । बीबीसी

वि.सं.२०७५ चैत ३ आइतवार १८:३० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...