४ चैत, काठमाडौ । मानव अधिकार अभ्याससम्बन्धी २०१८ को रिपोर्टले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र मिडियामाथि बन्देज बढ्दै गएको दाबी गरेको छ ।
युएस डिपार्टमेन्ट अफु स्टेटले हालै सार्वजनिक गरेको रिपोर्टमा संविधानले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको छ । रिपोर्टमा पत्रकार, गैरसरकारी संस्था तथा राजनीतिक अधिकारकर्मीले सरकारको आलोचना गर्ने पत्रकार र मिडिया हाउसलाई सरकारले धम्की दिएर मिडियामाथि बन्देज लगाउन खोजेको जनाएको छ ।
रिपोर्ट अभिव्यक्ति स्वतन्त्रतामाथि पनि सरकारले नियन्त्रण लगाउन खोजेको आरोप लगाउँदै गत जुलाईमा तिब्बती शरणार्थीले सार्वजनिक रुपमा दलाई लामाको जन्मदिन मनाउन खोज्दा सरकारले त्यसलाई रोक्न खोजेको उल्लेख गरिएको छ । सोमबारको नागरिक दैनिक बाट ।
वि.सं.२०७५ चैत ४ सोमवार ०७:१७ मा प्रकाशित






























