back
CTIZAN AD

भारतमा प्रतिबन्धित माछा नेपाली बजारमा खुलेआम

वि.सं.२०७५ चैत ४ सोमवार

627 

shares

४ चैत, काठमाडौं । भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्रि हुने गरेको छ । भारतमा आन्ध्र प्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगन्जमा बजारमा छ्यापछ्याप्ती भेटिन्छन् ।

भारतबाट आयात हुने माछा नेपालगन्ज पुग्न छिटोमा पनि एक साता लाग्छ । कहिलेकाँही १० देखि १२ दिन सम्म लाग्ने माछा व्यवसायी बताउँछन् । ‘फर्मलिन (लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल) सहितको माछा आन्ध्रप्रदेशबाट ६ दिनदेखि ८ दिनभित्रमा नेपालगन्ज आउछ,’ नेपालगन्जको हिमालय अर्डर एन्ड सप्लायर्सका सञ्चालक अकिल महमद भन्छन्, ‘एकदिन आइसमा राखेन भने त्यो कुहिन्छ ।’ नेपालगन्जमा झण्डै आधा दर्जन थोक माछा पसल सप्लायर्स छन् ।

‘अरुले चोरेर पनि ल्याँछन् । म त लटरपटर जान्दिनँ । भन्सार तिरेर मात्र ल्याउँछु । फर्मलिा सर्मलिन के हालेको हुन्छ, हामीलाई केही थाहा हुँदैन ।’ उनले भने । सोमबारको अन्न्पूर्णपोष्ट दैनिकमा शंकरप्रसाद खनालले नेपालगन्जबाट लेखेका छन् ।

वि.सं.२०७५ चैत ४ सोमवार ०७:२८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...